ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समाचारको प्रभावः दुई महिनादेखि वनमा अलपत्र महिलाको उद्धार


एबीसी / संवाददाता
फाल्गुन २४, २०७८ मंगलबार   १ : ३६   बजे

कञ्चनपुर, २४ फागुन । शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरस्थित वसन्त सामुदायिक वन क्षेत्रमा दुई महिनादेखि झोपडी बनाएर बस्दै आएकी उमा चौधरीलाई आज उद्धार गरिएको छ । नगरपालिकाले सञ्चालन गरेको सेफ हाउसले प्रहरीको सहयोगमा अहिले उनलाई उद्धार गरेर राखिएको छ । राष्ट्रिय समाचार समितिको समाचार बुलेटिनमा ‘दुई महिनादेखि महिला वन क्षेत्रमा अलपत्र’ भन्ने समाचार प्रकाशन भएपछि सेफ हाउसमा आवद्ध महिलाहरुले चौधरीको उद्धार गरेका हुन् ।

सेफ हाउस सञ्चालन समितिका पदाधिकारी पुष्पा केसीले उक्त समाचार पढेपछि मात्रै महिला वन क्षेत्रमा अलपत्र अवस्थामा रहेको जानकारी पाइएको बताउनुभयो । “जानकारी पाएपछि उद्धार गरी सेफहाउसमा ल्याएर राखेका छौँ” उहाँले भन्नुभयो, “यहाँबाट अल्पकालीन सेवा मात्रै दिइने भएकाले महिलालाई सुरक्षितरुपमा राख्नका लागि अन्य दातृ निकायले सञ्चालन गरेका सुरक्षित गृहमा पठाउने व्यवस्था मिलाउँदै छौँ ।” उद्धार गरिएकी महिला डिप्रेसनमा रहेकीले मनोविर्मशकोसमेत आवश्यकता रहेको उहाँले बताउनुभयो ।

बेलौरी नगरपालिकाको कुण्डा घर भएकी चौधरीलाई श्रीमान् रामबहादुरले कुटपिट गरी बनमा लगेर अपत्र पारेपछि उनी दुई महिनादेखि वन क्षेत्रमा झोपडी बनाएर बस्दै आएकी र नजिकैको गाउँबाट खाना मागेर खाँदै आएकी थिइन् । वडाध्यक्ष दिलबहादुर बुढाले एक्लै महिला वन क्षेत्रमा तुसारोसमेत नछेक्ने झोपडीमा बस्ने गरेकोे देखेपछि वन छेउकै मन्दिरमा साधु बस्ने कुटीको बरण्डामा बस्ने व्यवस्था मिलउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

गगन थापाले दिए रवि र रास्वपालाई शुभकामना

रास्वपा महाधिवेशनः उद्घाटनस्थल वरपरको सडकमा गाडी चलाउन रोक

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group