ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समाचारको प्रभावः दुई महिनादेखि वनमा अलपत्र महिलाको उद्धार


एबीसी / संवाददाता

कञ्चनपुर, २४ फागुन । शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरस्थित वसन्त सामुदायिक वन क्षेत्रमा दुई महिनादेखि झोपडी बनाएर बस्दै आएकी उमा चौधरीलाई आज उद्धार गरिएको छ । नगरपालिकाले सञ्चालन गरेको सेफ हाउसले प्रहरीको सहयोगमा अहिले उनलाई उद्धार गरेर राखिएको छ । राष्ट्रिय समाचार समितिको समाचार बुलेटिनमा ‘दुई महिनादेखि महिला वन क्षेत्रमा अलपत्र’ भन्ने समाचार प्रकाशन भएपछि सेफ हाउसमा आवद्ध महिलाहरुले चौधरीको उद्धार गरेका हुन् ।

सेफ हाउस सञ्चालन समितिका पदाधिकारी पुष्पा केसीले उक्त समाचार पढेपछि मात्रै महिला वन क्षेत्रमा अलपत्र अवस्थामा रहेको जानकारी पाइएको बताउनुभयो । “जानकारी पाएपछि उद्धार गरी सेफहाउसमा ल्याएर राखेका छौँ” उहाँले भन्नुभयो, “यहाँबाट अल्पकालीन सेवा मात्रै दिइने भएकाले महिलालाई सुरक्षितरुपमा राख्नका लागि अन्य दातृ निकायले सञ्चालन गरेका सुरक्षित गृहमा पठाउने व्यवस्था मिलाउँदै छौँ ।” उद्धार गरिएकी महिला डिप्रेसनमा रहेकीले मनोविर्मशकोसमेत आवश्यकता रहेको उहाँले बताउनुभयो ।

बेलौरी नगरपालिकाको कुण्डा घर भएकी चौधरीलाई श्रीमान् रामबहादुरले कुटपिट गरी बनमा लगेर अपत्र पारेपछि उनी दुई महिनादेखि वन क्षेत्रमा झोपडी बनाएर बस्दै आएकी र नजिकैको गाउँबाट खाना मागेर खाँदै आएकी थिइन् । वडाध्यक्ष दिलबहादुर बुढाले एक्लै महिला वन क्षेत्रमा तुसारोसमेत नछेक्ने झोपडीमा बस्ने गरेकोे देखेपछि वन छेउकै मन्दिरमा साधु बस्ने कुटीको बरण्डामा बस्ने व्यवस्था मिलउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com