ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गण्डकी प्रदेशका मुुख्यमन्त्रीबाट मटिहानीमा पूजाअर्चना


एबीसी / संवाददाता
फाल्गुन २३, २०७८ सोमबार  २ : २८ बजे

महोत्तरी, २३ फागुन । मधेश प्रदेशको सद्भावना भ्रमणका क्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज मटिहानीका धार्मिकस्थलको अवलोकन र पूजाअर्चना गर्नुभएको छ ।

तीन दिने भ्रमणको अन्तिम दिन आज मुख्यमन्त्री पोखरेलले मटिहानीस्थित श्री लक्ष्मीनारायण मन्दिरमा र रामायणकालीन लक्ष्मीसागर तलाउमा पूजाअर्चना गर्नुभएको हो । लक्ष्मीसागर तलाउ त्रेतायुगमा रामसीताको विवाहमा बेदी बनाउन माटो खनिएको पवित्र ठाउँ मानिन्छ । पहिले श्री लक्ष्मीनारायण मन्दिर पुग्नुभएका पोखरेलले भगवान लक्ष्मीनारायणको पूजाआराधना गर्नुभयो । त्यसअवसरमा मुलुकभरिकै मठहरुको नायक मठ श्री लक्ष्मीनारायण परिसरको अवलोकन पोखरेलले गर्नुभयो । मुख्यमन्त्री पोखरेल लक्ष्मीसागर पुग्नुभई पवित्र तलाउको पूजा र आरतीमा सरिक हुनुभयो । त्यसअवसरमा मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल, मठका मानमहन्थ एवं साधुसन्त र उद्योगी व्यवसायीले मुख्यमन्त्री पोखरेलको हार्दिक स्वागत गर्नुभयो । मटिहानी भ्रमणका क्रममा मुख्यमन्त्री पोखरेल विक्रम संवत् १७७५ मा स्थापना भएको हालको राजकीय संस्कृत माध्यमिक विद्यालयको अवलोकन गर्दै त्यहाँ बटुकहरुले नियमित आयोजन गर्दै आएका अखण्ड रुद्राभिषेकमा सरिक हुनुभयो ।

भ्रमणका क्रममा उहाँले मटिहानीमा निर्मित अत्याधुनिक रङ्गशाला, अतिथिगृह, घण्टाघर र मटिहानी प्रवेशद्वारको अवलोकन गर्नुभएको छ । मटिहानीस्थित नवनिर्मित रङ्गशाला गत मङ्सिर ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको हो । मुख्यमन्त्री पोखरेलसहितको भ्रमणटोलीका सदस्यलाई अतिथिगृहमा आयोजित एक समारोहबीच नगरप्रमुख मण्डलले हार्दिक स्वागत गर्दै दोसल्ला ओढाएर मायाको चिनो प्रदान गर्नुभयो । मधेश प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतको निमन्त्रणामा शनिबार जनकपुर क्षेत्रको भ्रमणमा आउनुभएका पोखरेलको आज पोखरा फर्कने कार्यक्रम छ । यसअघि पोखरेलले महोत्तरीको बर्दिबास नगरक्षेत्रका धार्मिकस्थलको भ्रमण गर्नुभएको थियो । भ्रमणका क्रममा मधेश प्रदेशको विकास प्रयत्नलाई नजिकबाट नियाल्न पाएको पोखरेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा जन्ती बोकेको बस दुर्घटना:१३ जानको मृत्यु

जाँचबुझ आयोगको कामप्रति ओलीले किन र के के विषय उठाए ?

सम्बन्धित

गगनको नेतृत्वमा कांग्रेसले यसपटक लोकप्रिय मत ३० लाख कटाउला त ? (ऐतिहासिक विश्लेषणसहित)

मधेशको मुद्दा अब काठमाडौंमा ‘भिन्न ढंगले’ बहस हुन्छ : गगन थापाको दाबी

काठमाडौं छाडेर मधेश झरे – गगन थापा : ‘देश जोड्न म सर्लाही पुगेँ!’

मधेसका मुद्दा सिंहदरबारमा फरक ढंगले गुञ्जिन्छन् : गगन थापा

सप्तरी–३ मा उपेन्द्र यादवको चुनावी परीक्षा: सुरक्षित सिटको खोजी कि राजनीतिक अस्तित्वको संघर्ष?

सर्लाही–३: नारायणकाजीको मधेशी दाउ (विस्तृतमा)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com