ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उत्तेजनाको राजनीति देश र समाजका लागि घातकः महामन्त्री थापा


एबीसी / संवाददाता

गण्डकी, २० फागुन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उत्तेजनाको राजनीति देश र समाजका लागि घातक हुने बताउनुभएको छ ।

नेपाली कांग्रेस मादी गाउँपालिका कार्यसमिति कास्कीद्वारा आयोजित दुई दिवसीय अगुवा कार्यकर्ता भेलाको उद्घाटन गर्दै उहाँले कम्युनिष्ट उत्तेजनाको राजनीति गरिरहेको बताउनुभयो । एमसिसी सम्झौतामा कम्युनिष्टले दोहोरो भूमिका खेलेर जनतालाई उत्तेजित बनाएको उल्लेख गर्दै उहाँले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले यति ठूलो परियोजनामा सबैलाई मिलाउन सफल बनेको बताउनुभयो । महमन्त्री थापाले जनताबीच कांग्रेसको परिचय फरक रहेको उल्लेख गर्दै कांग्रेसले सधैँ उत्तेजना फैलाउने नभई चेतना फैलाउने, भड्काउने नभई मिलाउने जस्ता चरित्र देखाउँदै आएको बताउनुभयो । आसन्न निर्वाचनका लागि पार्र्टी सङ्गठनलाई मजबुद बनाउँदै अघि बढ्न आग्रह गर्दै उहाँले भन्नुभयो, “कांग्रेससँग अहिले १०० जनामा ३३ जना मतदाता छन्, यसलाई बढाएर ४५ भन्दामाथि पुर्‍याउनुछ ।” महामन्त्री थापाले उम्मेदवार टुङ्ग्याउने जिम्मा महानगरको हकमा नगर र जिल्लाको सिफारिसमा केन्द्रले टुङ्ग्याउने र अन्यका हकमा प्रदेश, नगर, क्षेत्र र जिल्लाले टुङ्ग्याउने गरी कार्यविधि केन्द्रले ल्याउने जानकारी दिनुभयो । आगामी निर्वाचनमा ठूलो वा सानो जोसुकै नेता भए पनि उसले आफ्नो टोललाई सम्हाल्ने जिम्मा लिनुपर्ने उहाँले बताउनुभयो ।

नेपाली कांग्रेस मादी गाउँपालिका सभापति यामबहादुर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य गुरु बराल, पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, पूर्वमन्त्री यज्ञबहादुर थापा, कांग्रेस नेत्री कोपिला रानाभाट, कृष्णचन्द्र बराललगायतले आसन्न निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टीकारुपमा स्थापित गर्नेगरी अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साइबर आक्रमणको प्रयास : सरकारी वेबसाइटहरू डाउन

काठमाडौं, १४ माघ । सर्भरमा समस्या आएकाले केही समयदेखि नेपाल सरकारमातहत रहेका सबै वेबसाइटहरू खुलेका छैनन् । सर्भरमा समस्या आएकाले १ घण्टादेखि सरकारी वेबसाइट बन्द

सर्वोच्च अदालतको फैसलाविरुद्ध काठमाडौंमा प्रदर्शन, प्रचण्ड र ओली विरुद्ध अभद्र नारावाजी

  काठमाडौं १४ माघ। रवि लामिछानेको नागरिकतासम्बन्धी विवादका बारेमा सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध लामिछानेको पार्टीका कार्यकताहरुले काठमाडौंमा प्रदर्शन भएको छ। शनिबार लामिछानेको पार्टि समर्थक युवाहरूको

गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं १४ माघ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै गृह मन्त्रालयको कार्यभार सम्हाल्ने भएका छन्। उपप्रधान तथा गृहमन्त्री रहेका रवि लामिछानेले राजीनामा दिएसँगै गृह मन्त्रालयको

सम्बन्धित

गैँडाकोट नगरपालिकाले पाँचवटा ऐन ल्याउँदै

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

बेनी नगरपालिकाको मेयरमा एमाले र उपमेयरमा माओवादी विजयी

लमजुङको सुन्दरबजार नगरपालिका मेयरमा कांग्रेसका कोइराला विजयी

म्याग्दीको मालिका अध्यक्षमा एमाले विजयी

बागलुङको ढोरपाटनमा मतगणनाबारे विवाद हुँदा झडप, २ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com