ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नं. १ राजधानीको लफडा, समस्या भोग्दै सबै कोशी पहाडेली


admin
पुस २७, २०७४ बिहीबार  २ : ४४ बजे

काठमाडौं, २७ पुस । धनकुटा, २७ पुस । प्रदेश नं. १ को राजधानी धनकुटा बनाउनुपर्ने माग गर्दै जारि रहेको आन्दोलनले कोशी पहाडको जनजिवन कष्टकर बन्दै गएको छ । धनकुटा बजारमा आज पुन प्रदर्शन गर्दै कोशी राजर्मागमा निस्किएका धनकुटावासीले जिल्लाका बजार, पसल एवं यातायात ठप्प बनाएका छन् ।

सरकारलाई दबाब दिनका लागि गरिएको प्रदर्शनले धनकुटा सदरमुकामलगायत पाख्रिबास, छथरजोरपाटी, साँगुरीगढी लगायतका बजारसमेत बन्द भएका छन् भने यातायात सेवासमेत ठप्प छ । पटकपटकको बन्दका कारण सुनसरीको धरानबाट कोशी पहाडतर्फ सञ्चालित मालवाहक एवं यात्रुवाहक यातयात सञ्चालन नहुँदा तेह्रथुम, संखुवासभा र भोजपुरका लागि दैनिक उपभोग्य सामग्री अभाव हुन थालेपछि त्यहाँको जनजीवन कष्टकर बन्दै गएको स्थानीयवासीको गुनासो छ ।
बन्दकर्ताले कोशी राजमार्गको धनकुटा सडकखण्डमा टायर बालेर सवारीसाधन रोकेपछि विभिन्न जिल्लाबाट गन्तव्यतर्फ हिँडेका सयौँ यात्रु धनकुटाको भेडेटार र सिधुवा क्षेत्रमा अलपत्र परेका छन् । बन्दमा एम्बुलेन्स, प्रेस, शिक्षण संस्था, दूध र तरकारी बोकेको सवारीसाधन खुला रहेका बताइए पनि विभिन्न ठाउँमा अवरोध भइरहेको गुनासो बढेको छ । गत चार हप्तादेखि प्रदेश राजधानी माग गर्दै आन्दोलनरत धनकुटावासीले आमहडताल गर्न थालेपछि पहाडको जनजीवन कष्टकर बन्दै गएको हो ।

प्रदेशको राजधानीको माग राख्दै धनकुटावासी विगत २६ दिनदेखि आन्दोलित छन्। पर्याप्त सरकारी भौतिक पूर्वाधार र जग्गा भएकोले साबिकको पूर्वाञ्चल विकास क्षेत्रका १६ जिल्लाको सदरमुकामसमेत रहेको धनकुटालाई १४ जिल्लाको केन्द्रका रुपमा अस्थायी राजधानी बनाउनुपर्ने धनकुटावासीको माग छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावअघि मन्दिर धाउँदै रास्वपा नेताहरू (भिडिओ/तस्विरसहित फिचर)

बालुवाटारमा सुशीला कार्कीसँग आलीको खुसामद के हो ?

सम्बन्धित

‘प्रदेश तलबले होइन, भ्रष्टाचारले देश डुबेको हो ‘: बालेन्द्र शाह

बालेन पनि बोल्न थाले : झापामा डोजर ‘आतंक’ को प्रश्नमा के भने ?

ओलीको बालेनप्रति व्यंग्य: ‘बतासे अण्डा र बतासको खेती’ – झापा–५ मा चुनावी आगो बल्यो !

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

पाँचथरमा नयाँ उम्मेदवारहरूबीच तीव्र चुनावी भिडन्त : पुराना अनुहारहरू बाहिरिए, १५ दल मैदानमा

झापा –५ः ओली र बालेन्द्रले बनाउन खोजेका भाष्यहरु कस्ता छन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com