ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महाशिवरात्रि पर्वः भन्टाको भार बेचेरै मनग्गे आम्दानी


एबीसी / संवाददाता

महोत्तरी, १७ फागुन । भङ्गाहा नगरपालिका-५ सिद्धपुरस्थित एतिहासिक सिद्घनाथ महादेव मन्दिरमा भन्टाको भार चढाउनेको भीड लागेको छ । अन्य समय पनि चढाउँछन् तर महाशिवरात्रिका बेला भने मन्दिरमा क्विन्टलका क्विन्टल भन्टा चढाइने गरिएको हो ।

चर्मरोग रोग निको भएपछि भाकलअनुसार मन्दिरमा भान्टा चढाउने परम्परा छ । त्यसैले महाशिवरात्रि पर्व गरिबका लागि आय आर्जन गर्ने अवसर पनि भएको छ । पर्वमा बेलपत्र, धतुराको फूल र फल तथा भन्टाको भार (बाँसको मोटो कप्टेरोमा दुईतिर एक/एकवटा भन्टा उनेर बनाइएको शिवजीलाई चढाइने भाकल सामग्री) बेचेर नै गरिबले राम्रो आम्दानी गर्ने गरेका हुन् । बेलपत्र, धतुराको पूmल र फल आफैंले बिनामूल्य सङ्कलन गरेर ल्याइने भए पनि भार बनाउने भन्टाका लागि भने केही मूल्य दिनुपर्ने यी साना पूजा सामग्री पसलेको भनाइ छ । पर्वविशेषमा भन्टाको भार भाकल गरेका श्रद्धालुले मागेजति मूल्य दिएपछि शिवालय परिसर पुगेका किसानले राम्रो आम्दानी गरेका छन् । जिल्लाको भङ्गाहा नगरपालिका-५ सिद्धपुरस्थित श्री सिद्घनाथ महादेव मन्दिर परिसरमा पर्वको अवसरमा भन्टाको भार बेचेर आफूहरुले आज मध्यान्हभित्रै रु. २० हजारभन्दा बढी आम्दानी गरेको भङ्गाहा-४ पलार बस्तीकी पल्टी सर्दार बाँतरले बताउनुभयो । भारमा दुईवटा भन्टा र एउटा बाँसको कप्टेरो भएपुग्ने र पर्वको महत्वले राम्रो मूल्यमा बिक्री भएपछि महाशिवरात्रि पर्वमा राम्रो रकम सञ्चय गर्न सकिएको उहाँको भनाइ छ ।

भन्टा उत्पादन गर्ने किसानले पनि अहिले पर्वका अवसरमा बजार पाएका छन् । भाकल सामग्रीमा श्रद्धालुले खास मोलमोलाई नगरेपछि यसको बिक्रीबाट राम्रो आम्दानी हुने गरेको हो । सिद्घनाथ महादेव मन्दिर परिसरमा पछिल्ला १० वर्षयता आपूmले लगातार भन्टाको भार बेच्दै आएको बताउने भङ्गाहा-४ का किसान सत्यनारायण यादवले यो पर्व आफ्ना लागि राम्रो आम्दानीको जोहो गर्ने अवसर हुँदै आएको छ भन्नुभयो । सिद्धनाथ महादेव मन्दिरमा महाशिवरात्रिका दिन चर्मरोगीले रोग निको होस्भन्दै बितेको वर्ष भन्टाको भार चढाउने भाकल गर्ने गर्छन् । यसैले वर्सेनि पर्वमा भन्टाको भारको निकै बिक्री हुने भएकाले यो अवसर आफ्ना लागि राम्रो आर्जन गर्ने अवसर रहँदै आएको भन्टा उत्पादक किसान र भार बनाउने साना व्यापारी बताउँछन् । जिउ चिलाउने, खटिरा आउने, दाद र लुतोसहितका स्वास्थ्य समस्या भएकाले भन्टा खान नहुने आम बुझाइ र स्वास्थ्यकर्मीले पनि सुझाउने गरेका छन् । पर्वका दिन यसलाई त्याग्ने सङ्कल्प गरेर रोग निकोहोस् भन्ने भाकल गरेपछि आफ्नो जिउ चिलाउने समस्या हराएको सो मन्दिरमा भाकल चढाउन आउनु भएकी जिल्लाकै मनराशिस्वा नगरपालिकाको जाउख बस्तीकी चन्द्रकला देवीले बताउनुभयो । पर्वको अवसरमा लाग्ने मेलामा भारबाहेक आफ्ना अन्य कृषि उपज प्रदर्शनी गर्नसमेत राम्रो अवसर पाइएको किसान बताउँछन् ।

मेलामा खासगरि मौसमी, बेमौसमी तरकारी बाली उत्पादनका नमूना प्रदर्शनी भएकाले आफ्ना उत्पादनबारे आम चासो बढेको भङ्गाहा-४ कै अर्का किसान रामबहादुर ठाकुरको भनाइ छ । यस्तै महाशिवरात्रि पर्वको अवसरमा बेलपत्र, धतुरोको पूmल र फल बेचेर गरिब परिवारका किशोरकिशोरीले राम्रो आम्दानी गरेका छन् । भगवान शिवको प्रिय वस्तु मानिने बेलपत्र, धतुराको फूल र फल शिवालयमा बेचेर यसपालीको महाशिवरात्रि पर्वमा रु. १५ हजार कमाइएको जलेश्वरनाथ मन्दिर अगाडि भेटिएकी छिमेकको बस्ती अनकारकी १५ वर्षीया किशोरी अनारवती रायले बताउनुभयो । पर्वका अवसरमा जिल्लाका टुटेश्वरनाथ, जलेश्वरनाथ, मङ्गलनाथ, सिद्धनाथ, कामेश्वरनाथसहितका शिव मन्दिर परिसरमा बेलपत्र, धतुराको  र फल बेच्न बस्ने बढीजसो किशोर उमेरका देखिएका छन् । बेलपत्र, धतुराको फूल र फलमा पूँजी नलाग्ने र बेचेजति सबै मुनाफा भएकाले पछिल्ला तीन वर्षयता आफ्नो निजी खर्चको जोहो यसैबाट गर्ने गरेको जलेश्वरनाथ मन्दिर परिसरमा भेटिएकी १७ वर्षीया किशोरी पवनकली सादाको भनाइ छ । जिल्लामा खासगरी गरिब समुदायबीच महाशिवरात्री पर्व आफ्नो पूँजी नलगाएरै केही आर्जन गर्न भण्टा भार, बेलपत्र, धतुराको फल र  फूल बेच्ने काम खास महत्वको हुने गरेको छ । भन्टाको भार बनाउन कप्टेरा र भन्टामा थोरै पूँजी लागेपनि बेलपत्र, धतुराको   फूल र फल त्यसै खोजेर सङ्कलन गर्न सकिने भएकाले गरिबलाई महाशिवरात्रि पर्व खर्च जोहो गर्न सहयोगी हुने गरेको यो पेसा अँगालेकाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

एमालेद्वारा मधेस सरकारलाई दिएको समर्थन फिर्ता

कोलहवामै विद्यालय खोल्ने सपना

भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिबद्ध : मुख्यमन्त्री यादव

बारा–२ मा मतगणनाका लागि सर्वदलीय बैठक सुरू

बारा–२ मा बिहान १० बजेदेखि मतगणना हुने

बारा २ उपनिर्वाचन : सर्वदलीय बैठक बस्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com