ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्रमा सफाइ


एबीसी / संवाददाता

काठमाडौँ, १४ फागुन । महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्रको वाग्मती किनार एवं सम्पदा क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रको आर्यघाट, वाग्मती किनार एव हंसमण्डप वरपर सफाइ गरिएको हो । यही फागुन १७ गते महाशिवरात्रि पर्व परेको छ । वाग्मती सफाइ महाअभियानको ४५९औँ हप्तामा पशुपति क्षेत्रमा सफाइ गरी महाशिवरात्रिका लागि तयारी गरिएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो । सफाइबाट सात मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ ।

सफाइमा प्रदेशसभा सदस्य केशव स्थापित, पूर्वमुख्य सचिव एवं अभियानकर्मी लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, नायिका करिश्मा केसी मानन्धर, स्थानीय तहका जनप्रतिनिधि, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, काठमाडौँ महानगरपालिका वातावरण विभागका कर्मचारी, पशुपति क्षेत्र विकास कोषका कर्मचारी, अधिकार सम्पन्न वाग्मती समितिका कर्मचारी र वागमती सफाइ अभियानकर्मीको सक्रियता थियो ।
यसैगरी महाशिवरात्रिको तयारीकै लागि गोकर्णेश्वर महादेव मन्दिरलाई केन्द्रित गरेर सफाई गरिएको छ । गोकर्णेरश्वर महादेव मन्दिरमा पनि महाशिवरात्रिलगायत पर्वमा भक्तजनको भीड लाग्ने भएकाले तीर्थयात्रीको सुविधाका लागि सफाइ गरिएको अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिनुभयो । पशुपतिनाथ मन्दिरमा श्रीयन्त्र र गोकर्णेश्वर महादेव मन्दिरमा बालयन्त्रको पूजा गरिने भएकाले पनि महाशिवरात्रिमा पनि यहाँ भक्तजनको भीड लाग्ने गरेको छ । वाग्मती सुन्दरता सरोकार मञ्चको नेतृत्वमा मुहानदेखि नै वाग्मती सफाइ गर्दै आइएकोे छ । यस क्षेत्रको सफाइमा कुहिने र नकुहिने फोहर वर्गीकरण गरिएको छ । कुहिने फोहर जमिन गाडिने र नकुहिने फोहरमात्र व्यवस्थापन गर्ने गरिएको छ । यस क्षेत्रको सफाइ ‘जिरोवेस्ट’ प्रणालीमा हुँदै आएको छ ।

यसैगरी मनोहरा सफाइ अभियानको २५८औँ हप्तामा काठमाडौँ महानगरपालिका वडा नं ३२ स्थित जडीबुटी पुल छेउमा सफाइ गरिएको छ । साठी अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट एक गाडी फोहर व्यवस्थापन गरिएको संयोजक चन्द्र दङ्गालले जानकारी दिनुभयो । यसैगरी आज काठमाडौँ उपत्यकाका रुद्रमती, विष्णुमतीको तल्लो र माथिल्लो भेग, चक्रपथका उत्तरी र पश्चिमी खण्ड, वाग्मतीका विभिन्न खण्ड, ललितपुरको गोदावरी खोला र भक्तपुरको हनुमन्ते खोलालगायत स्थानमा पनि सफाइ गरिएको छ । वाग्मती सफाइ महाअभियानबाट प्रेरित भई यसका सहायक नदीमा सफाइ अभियान सुरु भएको हो । हाल काठमाडौँ उपत्यकाका २५ स्थानमा सफाइ भइरहेको छ । यसैगरी महाअभियानबाट प्रेरित भएर काठमाडौँ उपत्यका बाहिरका मुख्य शहर, नदी र सम्पदास्थलमा सफाइ भइरहेको छ । काठमाडौँ उपत्यका बाहिर १०९ स्थानमा सफाइ भइरहेको जनाइएको छ । विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको महाअभियान चाडपर्व, जाडो, गर्मी, भूकम्प, नाकाबन्दी, कोरोना महामारीजस्ता विपत्तिका बेला पनि रोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com