ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सीमानाकामा पनि सङ्क्रमण घट्दै


एबीसी / संवाददाता

नेपालगञ्ज, १३ फागुन । मुलुकमा कोरोना भाइरस सङ्क्रमण घटेसँगै सीमानाकामा पनि घटेको पाइएको छ । बाँकेस्थित नेपाल भारत जमुनाहा नाका र कैलालीस्थित धनगढी नाकाबाट स्वदेश फर्कनेमा कोभिड–१९ परीक्षण गराउँदा सङ्क्रमण घटेको पाइएको हो ।

सङ्क्रमणको तेस्रो लहर सुरु हुँदा भारतबाट आउने नेपालीमा सङ्क्रमण बढेकोमा अहिले घटेको पाइएको छ । मुलुकमा नै कूल परीक्षण गराएकामध्ये ४।१ प्रतिशतमा मात्र सङ्क्रमण रहेको छ । हिजो फागुन १२ गते सात हजार ७४३ जना परीक्षण गराउँदा ३१८ मा कोरोना भाइरस सङ्क्रमण देखिएको थियो । भारतको विभिन्न प्रान्तबाट फर्किएकाको परीक्षण गर्दा सङ्क्रमण घटेको पाइएको हो । फागुनयता सङ्क्रमित हुने सङ्ख्यामा कमी आएको जमुनाहा सीमानाकाका स्वास्थ्य सहयोग कक्षका प्रमुख गीता शाहीले जानकारी दिनुभयो । फागुन १ गते नमूना परीक्षण गरिएका ३६७ मध्ये आठ जनामा सङ्क्रमण देखिएको थियो भने फागुन ५ मा ३२६, फागुन १० गते १५७ र फागुन १२ गते ३१७ जनामा एन्टिजेन परीक्षण गर्दा कसैलाई पनि सङ्क्रमण नदेखिएको उहाँले बताउनुभयो । यस्तै फागुन २ गते २९५ मा तीन, फागुन ३ गते १६३ मा दुई, फागुन ४ गते ३४० मा तीन, फागुन ६ गते ३१५ मा चार, फागुन ७ मा २३२ मा एक, फागुन ८ गते २८३ मा तीन, फागुन ९ गते १७५ मा एक र फागुन ११ गते ३१७ मा परीक्षण गर्दा एक जनामा सङ्क्रमण देखिएको थियो । तेस्रो लहर सुरु भएसँगै नाकामा सबैभन्दा बढी पुस १८ गते ६६० को परीक्षण गर्दा ४९ जनामा सङ्क्रमण देखिएको थियो । सिनियर अनमी शाहीले अहिलेसम्म सङ्क्रमण देखिएकामध्ये दुई जनालाई मात्र लक्षण देखिएको बताउनुभयो । सहायता कक्षले भारतबाट नेपाल आउनेलाई कोरोना भाइरसविरुद्धको खोप पनि लगाउने गरेको छ । उहाँका अनुसार दैनिक ४० देखि ५० जनालाई खोप लगाउने गरिएको छ । नेपाल फर्केकालाई पहिलो, दोस्रो र बुस्टर डोज दिइने थालिएको उहाँले बताउनुभयो ।

यही फागुन ९ गतेदेखि यता १९८ जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । सहायता कक्षले सीमानाकामा स्वदेश फर्कनेलाई अहिले जोन्सन एण्ड जोन्सन खोप लगाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

एमालेद्वारा मधेस सरकारलाई दिएको समर्थन फिर्ता

कोलहवामै विद्यालय खोल्ने सपना

भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिबद्ध : मुख्यमन्त्री यादव

बारा–२ मा मतगणनाका लागि सर्वदलीय बैठक सुरू

बारा–२ मा बिहान १० बजेदेखि मतगणना हुने

बारा २ उपनिर्वाचन : सर्वदलीय बैठक बस्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com