ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

व्यास नगर अस्पताल निर्माण सुरु


एबीसी / संवाददाता

काठमाण्डौं, १३ फागुन । तनहुँको व्यास नगरपालिकाले दुम्सीचौरमा नगर स्तरीय कोभिड अस्पताल निर्माण सुरु गरेको छ । व्यास–१० स्थित पीसीआर प्रयोगशालाको आडमै रहेको सार्वजनिक जग्गामा नगरपालिकाले नगरस्तरीय कोभिड अस्पतालको भवन निर्माण सुरु गरेको हो ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उक्त भवनको आज शिलान्यास गर्नुहुँदै सङ्घीयताका कारण जनताले गाउँघरमै सेवा लिन पाएको बताउनुभयो । स्थानीय तह नभएको भए कोभिडको महामारीमा जनताले अकालमा मृत्युवरण गर्नुपर्ने स्थिति आउने जनाउँदै उहाँले भन्नुभयो, “संविधानले व्यवस्था गरेबमोजिमको सङ्घीयताले आज जनताले वडा–वडामै स्वास्थ्य सेवा पाउन सफल भएका छन् ।”
स्वास्थ्यको क्षेत्रमा सिंहदरबारले मात्र केही गर्न नसकेको जनाउँदै उहाँले कोभिड महामारी नियन्त्रणका लागि स्थानीय सरकारले गरेको प्रयास सराहनीय रहेको बताउनुभयो । सङ्घीयता सार्थकसिद्ध भएको चर्चा गर्दै उहाँले भन्नुभयो, “कोभिड अस्पतालले यस क्षेत्रका बासिन्दालाई गुणस्तरीय सेवा दिने विश्वास लिएको छु ।”
जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले कोभिड–१९ नियन्त्रणका लागि विगतदेखि नै व्यासको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । कोभिड–१९ को महामारीमा आफ्नै अस्पताल नहुँदा समस्या भएकाले नगरस्तरीय अस्पतालको आवश्यकता खड्किएकाले नगरपालिकाले अस्पताल निर्माण सुरु गरेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । दमौली आसपास सार्वजनिक जग्गा नपाइएपछि पीसीआर प्रयोगशाला भएकै ठाउँमा अस्पताल निर्माण सुरु गरिएको उहाँले बताउनुभयो ।
रु एक करोड ५६ लाखमा अस्पताल निर्माणका लागि बोलपत्र आह्वान गरे पनि रु ८९ लाख ९४ हजार ३१४ मा ठेक्का लागेको छ । अस्पताल निर्माणको जिम्मा क्वालिटी इन्द्रावती कन्स्ट्रक्सन प्रालिले पाएको छ । आठ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने म्याद रहेको छ ।
अस्पताल २५ शय्या क्षमताको हुनेछ । अस्पताल भवनमा चिकित्सकको आवाससमेत व्यवस्था गरिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो । नगरपालिकाले सोही ठाउँमा पीसीआर प्रयोगशाला सञ्चालन गरिरहेको छ । कोभिड–१९ को महामारीका बेला पीसीआर रिपोर्ट आउने नौ÷दश दिन लागेपछि विभिन्न सङ्घसंस्था, व्यक्ति र नगरपालिकाको लागत सहभागितामा प्रयोगशाला सञ्चालन भइरहेको छ । उक्त प्रयोगशालाबाट नगरपालिकाले निःशुल्करुपमा पीसीआर परीक्षण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

सम्बन्धित

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com