ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हराएको मतदाता परिचयपत्रको प्रतिलिपि लिन निवेदन दिनुपर्ने


एबीसी / संवाददाता

गलेश्वर, १० फागुन । जिल्ला निर्वाचन कार्यालय म्याग्दीले मतदाता परिचयपत्र हराएकाले प्रतिलिपि लिनका लागि फागुन २० गतेभित्र निवेदन दिनुपर्ने जनाएको छ । स्थानीय तहको निर्वाचनको तयारी भइरहेको अवस्थामा मतदाताले परिचयपत्र लिएर मात्रै मतदान प्रक्रियामा सहभागी हुनुपर्ने भएकाले परिचयपत्र हराएको हकमा फागुन २० गतेभित्र कार्यालयमा निवेदन दिनुपर्ने जनाएको हो ।

जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले तोकिएको समयभित्र मतदाताले आफ्नो वडा कार्यालयको सिफारिससहित प्रतिलिपि परिचयपत्रका लागि सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिनसक्ने व्यवस्था गरिएको बताउनुभयो । “मतदाता परिचयपत्र आफूसँग नभएको अवस्थामा आवश्यक प्रक्रिया पूरा गरी आउनुपर्ने छ, जिल्लाभित्रका सबै स्थानीय तहलाई जानकारी गराइएको छ”, उहाँले भन्नुभयो । जिल्लाभित्र निर्वाचनलाई निष्पक्ष र विश्वसनीय बनाउनसमेत मतदाताले आफ्नो साथमा परिचयपत्र राख्नुपर्ने प्रमुख घिमिरेको भनाइ छ । यता जिल्लामा क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले मतदाता परिचयपत्र हराएमा वडाको सिफारिस लिएर निर्वाचन कार्यालयमा जानुपर्ने व्यवस्थालाई हटाउनुपर्ने माग गरेका छन् ।

मतदातालाई दोहोरो झन्झट हुने भएकाले मतदाताले नै प्रतिलिपि बनाउन अनिच्छुक देखिने जोखिम रहेकाले सहज र सरल प्रक्रिया बनाउनुपर्नेमा उनीहरुको जोड छ । आसन्न निर्वाचनका लागि सङ्कलित मतदाता नामावलीको अहिले अद्यावधिक गर्ने काम भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । म्याग्दीमा गएको माघ २४ गतेसम्म ९० हजार मतदाताको तस्बिरसहितको मतदाता नामावली सङ्कलन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

आठौं स्थापना दिवसमा आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन सुरु, पहिलोपटक सांकेतिक भाषाको प्रयोग

बुर्तिबाङ बजारको फोहर व्यवस्थापनमा समस्या

बर्खा लाग्न थालेपछि हुल्दीवासीलाई ज्यान जोगाउने चिन्ता

ब्युँतिएला गोरखकाली रबर उद्योग ?

धललागिरि अस्पतालमा मेरुदण्डको शल्यक्रिया

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com