ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमसिसीको यथार्थबारे जनताले जानकारी पाइसके : कांग्रेस प्रवक्ता महत


एबीसी / संवाददाता

काठमाडौँ, ९ फागुन । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्बन्धमा भ्रम फैलाइएको भन्दै अब जनताले त्यसको यथार्थ जानकारी पाइसकेको बताउनुभएको छ ।
उहाँले आज सञ्चारकर्मीसँगको अन्तरक्रियामा उहाँले भन्नुभयो, “एमसिसी सम्बन्धका झुटका पर्दा उर्घिदै छन्, अन्तमा सत्य नै हुन्छ ।” कांग्रेस सधैँ सत्यका पक्षमा उभिँदै आएको बताउँदै कांग्रेस नेता महतले एमसिसी सम्बन्धमा आफ्नो पार्टीले सत्तामा हुँदा र प्रतिपक्षमा हुँदा सधैँ एउटै धारणा स्पष्ट रुपमा राख्दै आएको बताउनुभयो ।

विसं २०६८ यताका सबै दल नेतृत्वका सरकार एमसिसी परियोजनामा संलग्न रहेको बताउँदै प्रवक्ता डा महतले अहिले केही राजनीतिक दल र तिनका नेताले सस्तो लोकप्रियताका लागि यस सम्बन्धमा जनतामा भ्रम सिर्जना गर्न खोजेको टिप्पणी गर्नुभयो । एमसिसीको अनुदान नेपालको प्राथमिकताअनुसार पूर्वाधार परियोजनामा लगानी हुने उल्लेख गर्दै उहाँले संसद्बाट अनुमोदन हुने विश्वास व्यक्त गर्नुभयो । सरकारले एमसिसीसम्बन्धी प्रस्ताव प्रतिनिधिसभाको आइतबारको बैठकमा टेबल गरेको छ ।
ढिलै भए पनि एमसिसीसम्बन्धी प्रस्ताव संसद्मा टेबल भएको बताउँदै उहाँले यो प्रस्ताव अनुमोदन हुने विश्वास व्यक्त गर्नुभयो । यसमा सबै दलबीच सहमति हुनुपर्नेमा उहाँको जोड थियो । झन्डै रु. ६० अर्बको अनुदान सहयोग नेपालको प्राथमिकताका आयोजनामा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका आधारमा ठेक्कामार्फत खर्च हुने एमसिसी राष्ट्र हित विपरीत हुन नसक्ने बताउँदै कांग्रेस नेता महतले यो परियोजना अनुमोदन भएपछि आगामी दिनमा यस्ता अनुदान अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका आधारमा मात्रै ठेक्कामार्फत खर्च हुने प्रचलन कायम समेत बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com