ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गुन्द्रुक उत्पादनमा महिला आकर्षित


एबीसी / संवाददाता
फाल्गुन ९, २०७८ सोमबार  २ : ३७ बजे

पाल्पा, ९ फागुन । गुन्द्रुक उत्पादनमा यहाँका महिला आकर्षित भएका छन् । गुन्द्रुकको माग बढेपछि यहाँका महिलाले गुन्द्रुक उत्पादनबाट गतिलो आम्दानी गर्न थालेका हुन । तानसेन नगरपालिका छापका झण्डै २५ घरपरिवार गुन्दु्रक उत्पादन गरी जीविकोपार्जन गर्दै आएका छन् । छापकी तुल्सी कँडेलले मुलाको सागबाट तयार गरिएको गुन्दु्रक मासिक दुई तीन पटक बजार लगेर बिक्री गर्नुहुन्छ । उहाँले स्थानीय डुम्रे, जहरेपिपल, तानसेन र प्रभाषलगायतका बजारमा लगेर बेचिएको गुन्द्रुकबाट झण्डै एक पटकमा रु पाँच/सात हजार आम्दानी गर्दै आउनुभएको छ ।

प्रतिकिलो रु. ४०० मा गुन्द्रुक बिक्री हुन्छ । मेहनत अनुसार मूल्य पाएपछि यहाँका महिला पछिल्ला वर्ष गुन्द्रुक उत्पादन गर्न व्यस्त बनेका हुन । गुन्द्रुक रायो, तोरी, मुलाको साग आदिबाट बनाइने परम्परागत तरकारी हो । यसलाई नेपालको वा नेपालीको विषेश खानाका रुपमा लिइन्छ । नेपाली मौलिक परिकार गुन्द्रुक सागबाट बनाइने तरकारी हो । पहाडी जिल्ला पाल्पामा चिसो बढेसँग गुन्द्रुकको परिकार खाने चलन छ । सहर तथा ग्रामीण क्षेत्रमा चिसो मौसममा गुन्द्रुकको माग बढदो छ । गुन्द्रुकको माग बढेसँगै यहाँका ग्रामीण क्षेत्रमा यसको उत्पादन गरी आम्दानीको स्रोत बनाउन थालेको पाइन्छ ।

छापकै डिलबहादुर रानाले घरको छतमा गुन्दु्रक (सिन्की) सुकाइरहनुभएको छ । बारीमा उत्पादित मुलालाई उखलेर राम्रोसँग धोइपखाली गरी दुईतीन दिन घाममा सुकाइन्छ । घाममा सुकेको मुलालाई ढिकीमा कुटेर मसिनो बनाइन्छ । यसरी मसिनो बनाएको मुलाको सागलाई प्लास्टिक वा माटाको भाडामा मलखादमा पुरी बफाउने गरिन्छ । मलखादबाट निकालेर घाममा सुकाएको सागलाई नै तरिकारीको परिकारका रुपमा खाने चलन रहेको उहाँले बताउनुभयो । बजारी क्षेत्रका मानिसले सागलाई कुटेर प्लास्टिकका भाडामा घाममा सुकाउने चलनसमेत रहेको बताइन्छ । पहिला ग्रामीण क्षेत्रमा उत्पादित गुन्द्रुक अहिले सहरी क्षेत्रमासमेत यसको माग छ । सहरका ठूला होटलमा गुन्दु्रकको झोल र अचारको खपत बढ्दो छ । नेपाली पहिचान बोकेको गुन्दुक उत्पादनमा कमी हुँदा चीनबाटसमेत यसको आर्यात हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दुबई नजिक तेल ट्यांकरमा इरानको आक्रमण, इजरायलले ‘हप्तौँसम्म’ युद्ध जारी राख्ने चेतावनी

ओली पक्राउविरुद्ध एमालेको देशव्यापी आन्दोलन, वैशाख १२ मा काठमाडौंमा सभा

सम्बन्धित

दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

प्रहरीले जाँच गर्दा भागेका युवा कालीगण्डकीमा हाम फालेर बेपत्ता

लेबननमा भएको आक्रमणमा तीन जना शान्ति सैनिकको मृत्यु

कांग्रेस विभाजनको बाटोमा

संविधान संशोधनका लागि कार्यदल गठन, सदको दुवै सदनको अधिवेशन चैत १९ गते बोलाउन सिफारिस

ओलीलाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com