काठमाडौँ, ८ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्याक्ट एमसीसीको विपक्षमा रहेको बताउनु भएको छ ।
आइतबार सरकारले प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गरेपछि फेसबुकमा उहाँले विवाद र विरोधका बीच पेश गरिएको टिप्पणी गर्नुभएको छ । उहाँले फेसबुकमा लेख्नु भएको छ , ‘विवाद र बिरोधका बीच सरकारले एमसीसी टेबल गरेको छ । हाम्रो पार्टी र संसदीय दलले एमसीसीका विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ ।’
उहाँले एमसीसी टेबुल गर्नुहुन्न भन्दै विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गरेको दमनको पनि विरोध जनाउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्