ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकप ग्लोबल छनोट : नेपालको लगातार दोस्रो जित


एबीसी / संवाददाता
फाल्गुन ७, २०७८ शनिबार  ३ : ५७ बजे

काठमाडौँ, ७ फागुन । आइसीसी पुरुष टी-ट्वान्टी विश्वकप ग्लोबल छनोटअन्तर्गत नेपालले फिलिपिन्सलाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ । ओमानको मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले फिलिपिन्सलाई १३६ रनको भारीअन्तरले पराजित गरेको हो । सोही मैदानमा हिजो भएको ओमान विरुद्वको पहिलो खेलमा नेपाल ३९ रनले विजयी भएको थियो । जितसँगै नेपाल चार अङ्क जोड्दै सेमिफाइनल नजिक पुगेको छ ।

आजको खेलमा २१९ रनको लक्ष्य पछ्याएको फिलिपिन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८२ रनमा समेटियो । फिलिपिन्सका लागि जोर्डन अलेग्राले २७, ड्यानियल स्मीथले २०, कप्तान जोनाथन हिलले ११ तथा कपिल कुमारले ४ रन जोडे । बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए भने गुल्सन झा, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, अविनाश बोहरा र जितेन्द्र मुखियाले समान एक-एक विकेट झारे । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २१८ रन जोड्यो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक १०४ रनको योगदान दिए । उनले ६१ बल खेल्दा १३ चौका र एक छक्काको मद्दतमा १०४ रन जोडेका हुन । कुशलको टी-ट्वान्टी अन्तर्राष्ट्रियमा यो सर्वाधिक रन हो ।

यसअघि उनले ७७ रन बनाएका थिए । त्यसैगरी कुशल नेपालबाट शतक बनाउने तेस्रो खेलाडी हुन् । यसअघि नेपालबाट ज्ञानेन्द्र मल्लले ५५ बलमा १०७ रन तथा पारस खड्काले ५२ बलमा १०६ रन बनाएका थिए । त्यसैगरी दीपेन्द्र सिंह ऐरीले ८३ रन जोडे । उनले ४७ बलमा ६ चौका र ४ छक्का प्रहार गरे । लोकेश बम ६ रनमा अविजित रहँदा कुशल मल्ल १२ रनमा आउट भए । आशिफ शेख शुन्य रनमै आउट भएका थिए । फिलिपिन्सका लागि गुर्धुपिन्दर चोहान, मिग्गी पोडोस्की र ड्यानियल स्मीथले एक–एक विकेट लिए । नेपालले अब समूह चरणको अन्तिम खेल सोमबार क्यानडासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सामाजिक सञ्जाल र लोकप्रियतावादमाथि दाहालको चेतावनी : वैचारिक चिन्ता कि राजनीतिक प्रतिरक्षा?

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

सम्बन्धित

सामाजिक सञ्जाल र लोकप्रियतावादमाथि दाहालको चेतावनी : वैचारिक चिन्ता कि राजनीतिक प्रतिरक्षा?

म्याड्रिड डिजाइन फेस्टिवल जारी

नेपालको राजनीतिमा सत्ता निरन्तरताको लोभले निम्त्याउन खोजेको कुरूप यथास्थिति

झापा ५ : कार्यकर्ताले नै मत नदिने डर बढ्दो, पुराना दलहरू चिन्तित !

‘हामी झापाली’ ट्रेन्ड सहितको भावनात्मक ओली रणनीति शुरु, अब बालेन के गर्लान् ?

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com