काठमाडौँ, ७ फागुन । एमसीसीबारे ठोस निर्णय गर्न नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित अर्याल होटलमा बैठक सुरु भएको हो । ‘मुल रुपमा आजको बैठकको एजेण्डा एमसीसी नै हो । यो भन्दा अर्को एजेण्डा छैन’, उपमहासचिव गंगालाल तुलाधरले भन्नुभयाे । ‘एमसीसीसँग जोडिएका अन्य कुराहरुमा गठबन्धनको भविष्य, हाम्रो भुमिकालगायतका बारेमा छलफल हुन्छ र निर्णयमा पुग्छौ ।’ तुलाधरको भनाई छ ।
नेता तुलाधरले एमसीसी यथास्थितिमा पास गर्नुहुँदैन भन्ने पूर्ववत् धारणा रहेको भन्दै यो बीचमा पनि एमसीसीका सम्वन्धमा धेरै अध्ययन गरिएको बताउनु भएकाे छ। सो पार्टीको नेतृत्वले यथास्थितिमा एमसीसी पास हुन नसक्ने बताउँदै आएपनि सरकारमा रहेका मन्त्रीहरु एमसीसी पास गरेर गठबन्धन र सरकार जोगाउनुपर्ने पक्षमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्