ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान : प्रदेश प्रमुख गुरुङ


एबीसी / संवाददाता
माघ १९, २०७८ बुधबार  १२ : ३४ बजे

गण्डकी, १९ माघ । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान भएको बताउनुभएको छ । तामाङ समुदायले नयाँ वर्षका रूपमा मनाउने सोनाम ल्होसारको अवसरमा आज शुभकामना दिँदै उहाँले सोनाम ल्होसारले नेपाली समाजमा सद्भावना बढाउँदै, आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै आएको उल्लेख गर्नुभयो ।

यस पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने प्रदेश प्रमुख गुरुङले विश्वास व्यक्त गर्नुभयो । “हरेक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइने गरिन्छ । यस पर्वमा तामाङ समुदायले कूलपूजा, प्रकृति पूजा र बुद्ध शिक्षाको स्मरण गर्नुका साथै आफन्तजन भेला भई भोजन एवं मनोरञ्जन गर्दै आपसमा खुशी आदानप्रदान गर्ने प्रचलन रहिआएको छ”, सन्देशमा भनिएको छ । याे पर्व तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङवा, भोटे, दुरा, लेप्चालगायत जातिले आ–आफ्नै शैली र परम्पराअनुसार मनाउँदै आएको सन्देशमा उल्लेख छ । सोनाम ल्होसारले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भनी प्रदेश प्रमुख गुरुङले शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा जन्ती बोकेको बस दुर्घटना:१३ जानको मृत्यु

जाँचबुझ आयोगको कामप्रति ओलीले किन र के के विषय उठाए ?

सम्बन्धित

लुम्बिनीका २६ क्षेत्रमा महिला उम्मेदवार १० प्रतिशतभन्दा कम, रास्वपाको शून्य

प्रचण्डलाई प्रेसर दिने रुकुम पूर्व : ३४ हजार ७७२ मतदाताको वडागत तथ्यांक सार्वजनिक !

बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी : ‘नेपालगञ्जमा ५ जना समर्थक घाइते

बाबुरामको उम्मेदवारी फिर्ता – “यो अब राजनीतिक होइन, बाध्यताको नाटक मात्र हो” (पूर्ण वक्तव्य)

मनाङमा कांग्रेस– एमाले राजनीतिक समझदारी

प्रचण्ड नेतृत्वको नेकपाले गण्डकीमा को–कोलाई उम्मेदवार बनायो (सूची)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com