ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी केन्द्र देशभक्त र जनतान्त्रिक शक्ति : मोहनविक्रम


एबीसी / संवाददाता

काठमाडौँ,  । नेकपा (मसाल) ले नेकपा (माओवादी केन्द्र) कम्युनिष्ट पार्टी नरहेको ठहर गरेको छ । माओवादीले आधारभूत रुपमै कम्युनिष्ट सिद्धान्त परित्याग गरिसकेका कारण अब त्यो कम्युनिष्ट पार्टी नरहेको मसालको धारणा छ । महामन्त्री मोहनविक्रम सिंहले बिहीबार वक्तव्य जारी गर्दै माओवादी केन्द्र दक्षिणपन्थी संगठनमा संक्रमित भइसकेको ठहर गर्नुभएको  हो । माओवादीको आठौं महाधिवेशनबाट पारित दस्तावेजले पनि कम्युनिष्ट पार्टीको सिद्धान्त समात्न नसकेको मसालले बताएको छ । तर, महाधिवेशनले संगठनमा आएको विचलनलाई स्वीकार गर्दै त्यसमा सुधार गर्ने प्रतिवद्धता गरेकोमा मसालले त्यसलाई सकारात्मक रुपमा लिएको जनाएको छ। साथै, माओवादी कार्यकर्तालाई सो पार्टीलाई कम्युनिष्ट पार्टीमा रुपान्तरणको प्रयास गर्न पनि मसालले आग्रह गरेको छ।

सिंहले माओवादी केन्द्र कम्युनिष्ट संगठन नभएपनि देशभक्त र जनतान्त्रिक शक्ति भने रहेको स्पष्ट पार्नुभएको छ । वर्तमान अवस्थामा प्रतिगमन र एमसीसी सम्झौताविरुद्ध दृढता नदेखाए पनि माओवादीको सकारात्मक भूमिका रहेको मसालको ठहर छ। ‘हामीले बारम्बार यो स्पष्ट गरिसकेका छौँ कि माओवादी केन्द्र अब कम्युनिस्ट पार्टी रहेको छैन र त्यो अब दक्षिणपन्थी संशोधनवादी सङ्गठनमा बदलिएको छ। माक्र्सवादी–लेनिनवादी सिद्धान्तहरूबाट त्यसको धेरै नै विचलन भइसकेको छ’ सिंहले भन्नुभएको छ, ‘तैपनि त्यसलाई हामीले देशभक्त, जनतान्त्रिक र वामपन्थी शक्ति मान्दछौँ। त्यसैले त्यो हाम्रो मित्रशक्ति पनि हो।’

महाधिवेशनमा गरिएको समीक्षा, आत्मालोचना र निर्णयहरूबाट एउटा देशभक्त, जनतान्त्रिक र वामपन्थी शक्तिको रूपमा त्यसको भूमिका अरू सकारात्मक, सशक्त र उच्च बन्दै जाओस् भन्ने कामना पनि मसालले गरेको छ। ‘अहिले उनीहरूको दक्षिणपन्थी संशोधनवादी दिशामा जुन हदसम्म संक्रमण भइसकेको छ, त्यसमाथि विचार गर्दा त्यो कार्य अर्थात् कम्युनिस्ट पार्टीको रूपमा रूपान्तरण गर्ने कार्य सजिलो हुने छैन’ वक्तव्यमा भनिएको छ, ‘तैपनि हामीले माओवादी केन्द्रका सबै कार्यकर्ताहरूसित त्यो दिशामा अगाडि बढ्नका लागि उनीहरूको ध्यानाकर्षित गर्न चाहन्छौँ र त्यसो हुन सकेमा त्यसबाट नेपालको कम्युनिष्ट आन्दोलनलाई नै धेरै मदत पुग्नेछ।’

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com