सुर्खेत, शहरी विकास मन्त्री रामकुमारी झाँक्री सहित नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाको टोली शुक्रबार राउटे बस्तीमा पुगेको थीयो ।
टोलि शुक्रवार सुर्खेतको सिम्ता गाउँपालिका-४ कालिखोला पटौकामा भेरी नदिको किनारमा बस्दै आएका राउटे बस्तीमा पुगेको थीयो । मन्त्री झाक्रीले राउटे युवती संग मीत लगाउन र माया प्रेम साट्न राउटे बस्तिमा पुगेकी थीन । मन्त्री झाक्रिले राउटेलाई नेपाली समाजमा सामाहित गर्ने र आफन्तको नाता जोडेर सम्बन्ध कायम गर्ने उदेश्यले राउटे युवतीहरु सम्झना र काजलु संग मीत लगाएर माया प्रेम साटासाट गर्नुभएको हो ।
लोपोन्मुख राउटे समुदायको घर निर्माणका लागि प्रस्ताव लिएर उक्त टोली पुगेको हो । उक्त प्रस्ताव राउटे आवास, शिक्षा र स्वास्थ्यको प्रत्याभूति दिलाउन मन्त्री रामकुमारीसहितको टोली पुगेको जनाइएको छ । नेकपा एकीकृत समाजबादीका उपमहासचिब तथा पुर्व मन्त्री प्रकाश ज्वालाले आफुले पनि लगाएको टोपी साटेर मीत लगाएका छन् ।
राउटे बस्तीमा पुगेर मन्त्री रामकुमारीले ३ वटा प्रस्ताव गर्नुभएको । बास, शिक्षा र स्वास्थ्यको व्यवस्थापन गर्ने यता राउटेहरुले भने पहिलो प्रस्ताव वास व्यवस्थापन गरिदिन माग गरेका छन् ।
जसकारण शहरी विकास मन्त्री रामकुमारीले उनीहरुको लागि काठको फोल्डिङ वाला घर निर्माण कार्य गरिदिने बताउनुभयो । क्रमश बालबालिकाको पठनपाठनको लागि शिक्षा र स्वास्थ्य सुविधाको समेत व्यवस्थापन गर्ने जनाउनु भएको छ ।
राउटे समुदायका बालबालिकालाई शिक्षा समेत प्रदान गरिने भएको छ । उनीहरुको लागि घर भने तत्काल सुरु गरिने भएको छ ।







प्रतिक्रिया दिनुहोस्