दाङ, नेकपा एमाले दाङको अध्यक्षमा हुकुमबहादुर बस्नेत सर्वसम्मत चयन भएका छन् । बस्नेत दाङ जिल्लाका कमिटीको निर्वतमान उपाध्यक्ष हुन् ।
शुक्रबार सम्पन्न पार्टीको जिल्ला अधिवेशनबाट उनी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । साथै अधिवेशनले बस्नेतको अध्यक्षतामा १ सय २१ सदस्यीय नयाँ जिल्ला कमिटी चयन गरेको छ ।
महाधिवेशनबाट दाङ जिल्ला कमिटीको उपाध्यक्षमा राममणी पाण्डे, सचिवमा मनोहर बुढाथोकी, उप–सचिव कृष्ण भुसाल र हिरादेवी पुन चयन भएका छन् । जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको हो ।
प्रतिक्रिया दिनुहोस्