काठमाडौं, । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा निर्वाचनको परिणाम प्रतिकुल आउनसक्ने बताउनु भएको छ । तर यो एमालेमाथि गर्न सक्ने प्रहारको अन्तिम किस्ता भएको उहाको दाबी छ ।
शुक्रबार देशभरका ६३ जिल्लाको अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै ओलीले राष्ट्रियसभाको निर्वाचन यथार्थको जनादेश नहुने बताउनुभयो ।
चार वर्षअघि विभिन्न पक्षलाई व्यवस्थापन गर्ने नाममा सिट बाँडफाँड गरेको र अहिले त्यसलाई हतियार बनाएर प्रतिगामी गठबन्धन बनेको उहाले बताउनु भयो । ओलीले अघि भन्नुभयो , ‘अहिले पनि एक्लै हामी मजबुत छौं ।
तर ५० प्रतिशत चाहिने अवस्थामा सम्पूर्ण शक्ति मिलेर प्रतिकुल परिस्थिति आउनसक्छ । सकारात्मक परिणाम आएन भने अनौठो मान्न जरुरी छैन किनकी यो आजको जनादेश होइन ।’ यो एमालेमाथि गर्न सक्ने प्रहारको अन्तिम किस्ता भएको उहाले बताउनु भयो । ओलीले अघि भन्नुभयो, ‘जो जति कमजोर छ, उसले त्यति चर्कोसँग गठबन्धन भनेर कराइरहेको छ । एमालेलाई गठबन्धन चाहिएको छैन, हामी एक्लै लड्न सक्छौँ ।’राष्ट्रियसभामा रिक्त हुने १९ सदस्यका लागि माघ १२ गते निर्वाचन हुँदैछ ।







प्रतिक्रिया दिनुहोस्