ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रियसभाको निर्वाचन यथार्थको जनादेश होइन – अध्यक्ष ओली


एबीसी / संवाददाता
पुस २३, २०७८ शुक्रबार  २ : २१ बजे

काठमाडौं, । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा निर्वाचनको परिणाम प्रतिकुल आउनसक्ने बताउनु भएको छ । तर यो एमालेमाथि गर्न सक्ने प्रहारको अन्तिम किस्ता भएको उहाको  दाबी छ ।

शुक्रबार देशभरका ६३ जिल्लाको अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै ओलीले राष्ट्रियसभाको निर्वाचन यथार्थको जनादेश नहुने बताउनुभयो  ।

चार वर्षअघि विभिन्न पक्षलाई व्यवस्थापन गर्ने नाममा सिट बाँडफाँड गरेको र अहिले त्यसलाई हतियार बनाएर प्रतिगामी गठबन्धन बनेको उहाले बताउनु भयो  । ओलीले अघि भन्नुभयो , ‘अहिले पनि एक्लै हामी मजबुत छौं ।

तर ५० प्रतिशत चाहिने अवस्थामा सम्पूर्ण शक्ति मिलेर प्रतिकुल परिस्थिति आउनसक्छ । सकारात्मक परिणाम आएन भने अनौठो मान्न जरुरी छैन किनकी यो आजको जनादेश होइन ।’ यो एमालेमाथि गर्न सक्ने प्रहारको अन्तिम किस्ता भएको उहाले  बताउनु भयो  । ओलीले अघि भन्नुभयो, ‘जो जति कमजोर छ, उसले त्यति चर्कोसँग गठबन्धन भनेर कराइरहेको छ । एमालेलाई गठबन्धन चाहिएको छैन, हामी एक्लै लड्न सक्छौँ ।’राष्ट्रियसभामा रिक्त हुने १९ सदस्यका लागि माघ १२ गते निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

सम्बन्धित

निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति थापाले दिए राजीनामा

टुँडिखेलमा सेनाको घोडेजात्रा

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

लारिजानी हत्याको निर्णायक बदला लिन्छौं–इरान

काठमाडौं उपत्यकामा आज घोडे जात्रा पर्व विविध कार्यक्रम गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com