काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परीक्षणबाट ४ सय ७८ र एन्टिजेन परीक्षणबाट ६२ जनामा संक्रमण पाइएकोे हो । मन्त्रालयका अनुसार विगत २४ घण्टामा देशभर ७ हजार २ सय ९ पीसीआर र ३ हजार ५ सय ५२ एन्टिजेन परिक्षण गरिएको थियो । यसैगरी विगत २४ घण्टामा २ सय ७१ जना संक्रमित निको भएका छन् ।
त्यस्तै संक्रमणबाट विगत २४ घण्टामा १ जनाको निधन भएको छ । आज पुष्टि भएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र ३ सय १० जना छन् । जसमा काठमाडौंमा २ सय २१ जना, ललितपुरमा ५९ जना र भक्तपुरमा ३० जनामा संक्रमण पुष्टि भएको छ । नेपालमा ओमिक्रोन संक्रमण भित्रिएको विगत दुइ हप्ता यता देशभरका कूल संक्रमित मध्ये करीव ६० प्रतिशत काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र भेटिने गरेका छन् । हाल देशभर गरी ५ हजार ४ सय ३१ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्