काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा यदुलाल खरेल नियुक्त हुनु भएको छ ।
बुधवार बसेको मन्त्रिपरिषद् बैठकले विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक एआईजी खरेललाई मुख्य अनुसन्धान निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको हो । विभागको अहिलेका प्रमुख गणेश अधिकारी बिहीबारबाट अवकाशमा जाँदै हुनुहन्छ । मुख्य अनुसन्धान निर्देशकको ३ वर्षे पदावधिका कारण अधिकारीले अवकाश पाउनुभएको हो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ पुस २३ मा दिलीप रेग्मीलाई हटाएर अधिकारीलाई मुख्य अनुसन्धान निर्देशक नियुक्त गर्नुभएको थियो ।रााष्ट्रिय अनुसन्धान विभागको प्रमुख बन्न यदुलाल खरेल र यादव रेग्मी प्रतिस्पर्धामा रहनुभएको थियो । वरीयतामा यदुलाल खरेल रेग्मीभन्दा ४ महिना सिनियर हुनुहुन्थोे वरीयता अनुसार खरेललाई नियुक्त हुनुभएको हो । । ुप्तचर प्रमुख नियुक्त भएका खरेलले करिब ९ महिना विभागको कमाण्ड समाल्नेछन । विभागको नियमावली अनुसार ५८ वर्षे उमेर हदका कारण खरेल २०७९ भदौ २० मा अवकाशमा जानेछन् ।







प्रतिक्रिया दिनुहोस्