ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री देउवाको भारत भ्रमण, यस्तो छ कार्यतालिका


एबीसी / संवाददाता

काठमाडौं । तीनदिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले गुजरातको अहमदाबादमा आयोजना हुने ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनलाई सम्बोधन गर्ने र भारतीय समकक्षी नरेन्द्र मोदीसहित उच्च अधिकारीहरूसँग छलफल गर्ने तय भएको छ । उनी २५ पुसमा गुजरात जाने कार्यक्रम तय भएको छ । नेपाल र भारतका परराष्ट्र मन्त्रालयले यही साता देउवाको भारत भ्रमणको मिति र कार्यक्रम एकैसाथ सार्वजनिक गर्ने तयारी गरेका छन् । ‘प्रधानमन्त्रीज्यूको भ्रमण तय भएको छ । भ्रमणको मिति र विस्तृत विषयमा नेपाल र भारत दुवै पक्षले एकैसाथ सार्वजनिक गर्छौँ,’ परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भनिन्, ‘परराष्ट्र मन्त्रालयले आवश्यक समन्वय गरिरहेको छ । समय आएपछि सार्वजनिक गर्छौँ ।’ अहिलेसम्मको तयारीअनुसार प्रधानमन्त्री देउवाका सबै भेटवार्ता नयाँदिल्लीमा नभएर गुजरातमै हुनेछन् ।

स्रोतका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणमा जाने प्रतिनिधिमण्डललगायतका विषयमा परराष्ट्रले मन्त्रिपरिषद्मा लैजाने प्रस्ताव तयार गरिसकेको छ । परराष्ट्रसचिव भरतराज पौड्यालले सरोकारवाला मन्त्रालयका सचिव एवं अधिकारीहरूसँग भ्रमणका एजेन्डाबारे छलफल गरिरहेका छन् । नेपाल र भारतको कूटनीतिक च्यानलबीच भइरहेको तयारीअनुसार प्रधानमन्त्री २५ पुसमा नयाँदिल्ली ट्रान्जिट भएर अपराह्न गुजरात पुग्नेछन् । भारतीय समकक्षी मोदीले विदेशी राष्ट्रप्रमुख, सरकारप्रमुख एवं प्रतिनिधिमण्डलका लागि आयोजना गर्ने स्वागत समारोहमा देउवा सहभागी हुनेछन् । उनीसहित आधा दर्जन सरकाररराष्ट्रप्रमुख गुजरात सम्मेलनमा सहभागी हुने कार्यक्रम छ । छिमेकी मुलुकमध्ये प्रधानमन्त्रीस्तरमा भने मोदीले देउवालाई मात्रै निमन्त्रणा गरेको परराष्ट्रका एक अधिकारीले बताए ।

प्रधानमन्त्री देउवाले भ्रमणको दोस्रो दिन २६ पुसमा भाइब्रेन्ट गुजरात सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यही दिन उनले भारतीय समकक्षी मोदीसँग द्विपक्षीय औपचारिक वार्ता गर्नेछन् । ‘भारतीय समकक्षीसँग प्रधानमन्त्री देउवाको औपचारिक वार्ता हुनेछ,’ कूटनीतिक स्रोतले भन्यो, ‘केही परियोजना घोषणा हुने र केही समझदारीपत्रमा हस्ताक्षर हुने गरी तयारी अघि बढेको छ ।’प्रधानमन्त्री देउवाले भारतसँग सीमा समस्या समाधान, विगतमा भएका सम्झौताहरूको कार्यान्वयन, कोभिड– १९ पछि आर्थिक पनुस्र्थापनामा भारतको सहयोग तथा नेपालमा भारतीय लगानीको बढोत्तरी, ऊर्जा, डुबानलगायतका समस्याबारे छलफल गर्ने एजेन्डामा परराष्ट्रले समन्वय गरिरहेको छ । प्रधानमन्त्री सानो आकारको प्रतिनिधिमण्डलसहित भारत जाने गरी तयारी भइरहेको परराष्ट्र स्रोतको भनाइ छ ।

प्रधानमन्त्री देउवाले यसअघि प्रधानमन्त्रीका रूपमा ७ देखि ११ भदौ ०७४ मा भारतको राजकीय भ्रमण गरेका थिए । पहिलो दिन उनले भारतीय समकक्षी मोदीसँग सेड्युलविनाको भेटवार्ता गरेका थिए भने ८ भदौमा हैदराबाद हाउसमा द्विपक्षीय वार्ता गरेका थिए । त्यसवेला पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डिपिआर एक महिनाभित्र टुंग्याउन दुवै प्रधानमन्त्रीले सम्बन्धित अधिकारीलाई निर्देशन दिएका थिए । तर, अहिलेसम्म टुंगिएको छैन ।प्रधानमन्त्री देउवा २७ पुसमा गुजरातबाट दिल्ली हुँदै स्वदेश फर्किने कार्यक्रम छ । फर्किनुअघि उनले सोमनाथ मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीपत्नी दिल्लीमा

प्रधानमन्त्री देउवाको भ्रमणको पूर्वसन्ध्यामा उनकी पत्नी एवं कांग्रेस केन्द्रीय सदस्य डा‍‍। आरजु राणाले आइतबार भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा। विजय चौथाइवालेसँग भेटवार्ता गरेकी छिन् । भाइ भूषण राणाको उपचारको सिलसिलामा पाँच दिनअघि डा। राणा दिल्ली गएकी थिइन् । बैंकरसमेत रहेका भूषणको शल्यक्रिया भए

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com