ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिपाल ओढाएर थन्क्याएको झण्डै १५ महिनापछि रेल सञ्चालनको तयारी


एबीसी / संवाददाता

काठमाडौं । भारतसग खरिद् गरेर त्रिपाल ओढाएर थन्क्याइएको रेल करिब १५ महिनापछि सञ्चालनमा ल्याइने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भारतको जयनगरदेखि धनुषाको कुर्थासम्मको ३४ किलोमिटर रेल सेवा सञ्चालनको अन्तिम तयारी भएको बताएको हो । मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा रेल सेवा उद्घाटनको मिति तय हुने जनाएको छ । सरकारले गत बर्ष ८४ करोड ६५ लाख रुपैया“मा खरीद गरेका दुईवटा रेल गत वर्षको असोजदेखि धनुषाको इनर्वा स्टेशनमा त्रिपालले ढाकेर राखिएको छ । लामो समयसम्म ट्रयाकमा त्रिपाल ओढाएर राखिएको भन्दै तीब्र आलोचना भइरहे पनि सरकार भने रेल खरिद् गरेको करिब १५ महिनामा बल्ल सञ्चालनको अन्तिम तयारीमा जुटेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादवले तत्काल रेल सञ्चालनमा ल्याउने गरी सम्पूर्ण तयारी भइसकेको बताउदैं प्रधानमन्त्री देउवाको भारत भ्रमण क्रममा दुई देशका प्रधानमन्त्री बीचको छलफलपछि उदघाटनको मिति तय हुने जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवाले यही पुस २५ देखि २७ सम्म भारत भ्रमण गर्ने तयारी भएको छ । यद्यपी, प्रधानमन्त्री देउवाको भारत भ्रमणको मिति र कार्यक्रम भने सार्वजनिक भइसेकेको छैन । यता, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सचिव रविन्द्रनाथ श्रेष्ठले पनि जनकपुर–जयनगर रूटमा रेल सञ्चालनको सबै तयारी पुरा भएको जानकारी दिदैं भारत सरकारको तर्फबाट उदघाटनको मितिको प्रतिक्षामा रहेको बताउनुभयो । यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सचिव श्रेष्ठले केही नदीमा आन्तरिक जलमार्ग विकासको लागि काम भइरहेको पनि जानकारी दिनुभएको छ । उहा“ले चालु आर्थिक बर्षभित्रै कर्णाली, कालिगण्डकी, कोशी, नारायणी र त्रिशुली नदीमा जलमार्ग सञ्चालनको लागि सम्भाव्यता अध्ययन गरिने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com