ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवाले एकलौटी केन्द्रीय सदस्य मनोनीत गरेपछि कोइराला पक्ष असन्तुष्ट


एबीसी / संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले केन्द्रीय सदस्यहरु मनोनीत गरेपछि शेखर कोइराला पक्षले असन्तुष्टि व्यक्त गरेको छ ।आज काठमाडौंमा आफू निकटका नेताहरुको भेलामा नेता कोइरालाले सभापति देउवाले कुन मापदण्ड अपनाएर सदस्यहरू नियुक्त गरेको भन्दै प्रश्न गनुभयो । देउवाले आफू निकटका पराजित उम्मेदवारहरुलाई केन्द्रीय समितिमा ल्याएको भन्दै कोइराला पक्षले असन्तुष्टि जनाएको हो । पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुन जरुरी रहेको बताउ“दै उहा“ले सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुन सक्ने भएकाले सचेत हुन आग्रह गर्नुभयो ।

भेलामा नेता कोइरालाले विधि र विधान बाहिर गएर गरिने सबै कामहरु बन्द गर्न सबै एकढिक्का भएर प्रयत्न गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहा“ले पार्टीका निष्ठावान, इमान्दार र त्यागी नेता, कार्यकर्ताहरुलाई पाखा लगाउने कामका विरुद्ध आवाज उठाउनुपर्ने बताउनुभयो । पार्टी नेतृत्वको गतिविधि र निर्णयले कांग्रेस संगठनमा निराशा पैदा भए आगामी निर्वाचनहरु असहज हुन सक्ने उहा“को भनाई छ । नेता कोइरालाले आगामी तीन वटै तहको निर्वाचनमा नेपाली कांग्रेस एक्लै लड्ने बताउनुभयो । कांग्रेसलाई एक्लै लडेर विजयी बनाउने दावी उहा“ले गर्नुभयो । एक नम्बरको पार्टी बनाउन र कांग्रेस एकता र रुपान्तरणको सन्देश बोकेर जनताको बीचमा जाने पनि उहा“ले उल्लेख गर्नुभयो । उहा“ले आफ्नो समुह पार्टीको निर्णय गर्ने ठाउ“मा प्रभावकारी हुन नसकेपनि पार्टीभित्र हुने सबै कार्यहरु न्यायसंगत, विधि र विधानसम्मत, विवेकपूर्ण र व्यवहारिक तरिकाबाट निर्णय गराउन आवाज उठाउने बताउनुभयो ।

भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावसम्म गठबन्धन भने कायमै रहने भए पनि कांग्रेसले निर्वाचन भने एक्लै लड्ने बताउनुभयो । महामन्त्री गगन थापाले आफ्नो समूहको शक्ति कांग्रेस केन्द्रीय समिति भन्दा बाहिर रहेको दाबी गर्दै ४० प्रतिशत मत ल्याएको शक्तिलाई बेवास्ता गरेर पार्टी चल्न नसक्ने बताउनुभयो । भेलामा उपसभापति धनराज गुरुङ्, महामन्त्री थापा, सहमहमन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारलगायतका शेखर पक्षबाट महाधिवेशनमा उम्मेदवार भएका सबैजसो नेताहरु उपस्थित हुनुहुन्थ्यो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com