काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै मन्त्रालयका सचिवहरुस“ग छलफल गर्नुभएको छ ।
सा“झ अबेरसम्म जारी छलफलमा प्रधानमन्त्री देउवाले मुलुकको अर्थतन्त्रको पछिल्लो अवस्था, पु“जीगत खर्चको अवस्था र सार्वजनिक सेवाका विषयमा सबै मन्त्रालयका सचिवहरुस“ग छलफल गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । चालु आर्थिक बर्षको आधा अवधि व्यतीत हुनलाग्दा समेत १० प्रतिशत हाराहारी मात्र पू“जीगत खर्च भएपछि संसददेखि सर्वत्र खर्च बढाउन दवाव छ ।
सरकारी ढुकुटीमा रकम थुप्रिंदा बैंकहरुमा तरलताको अभाव भइरेहेको स्थितिमा पू“पीगत खर्च बढाउने उपाय बारे देउवाले जिज्ञासा राख्नुभएको बताइएको छ । त्यसैगरी कतिपय अर्थविदहरुले पछिल्लो समयमा मुलुकको अर्थतन्त्रका सूचकहरु ओरालो लागेको बताउ“दै आएका छन् । यसैगरी प्रधानमन्त्री देउवाले सचिवहरुस“गको छलफलमा गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रम, राष्ट्रिय गौरवका आयोजनाका काम, अन्तर मन्त्रालय समन्वय लगायतका विषयमा पनि जानकारी लिनुभएको बताइएको छ ।








प्रतिक्रिया दिनुहोस्