काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ सय ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७ सय १५ जनाको पीसीआर परीक्षणमा ३ सय ७० जना र ३ हजार ५ सय ५२ एन्टिजेन परीक्षण गर्दा ६५ जना गरी ४ सय ३५ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ सय ३९ रहेको छ भने कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार २ सय २५ रहेको छ । जसमध्ये ४ हजार ८ सय ५२ जना होम आइसोलेसनमा छन् ।
प्रतिक्रिया दिनुहोस्