ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जाडो बढेपछि विद्यालय बन्द गरिँदै


एबीसी / संवाददाता
पुस २१, २०७८ बुधबार  ३ : ३३ बजे

काठमाडौं । लगातार बाक्लो हुस्सुसँगै चिसो बढ्दै गएपछि महोत्तरीमा धमाधम विद्यालय बन्द गर्न थालिएका छन् । जाडो बढेपछि स्थानीय तहले केही दिनका लागि विद्यालय बन्द गर्ने सूचना जारी गरेका हुन् ।

सोनमा गाउँपालिकाले सोमबार सूचना जारी गरेर एक साता विद्यालय बन्द गराएको छ । त्यसैगरी मटिहानी नगरपालिकाले मङ्गलबार सूचना जारी गरी आजदेखि विद्यालय बन्द रहने जनाएको छ । आधारभूत तहका विद्यालयमा बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै केही दिन विद्यालय बन्द गर्ने निधो गरिएको स्थानीय तहले जनाएका छन् । मौसममा सुधार आए पठनपाठन सञ्चालन गरिने सोनमा गाउँपालिकाका अध्यक्ष राजकुमार यादव बताउनुहुन्छ । मटिहानीका उपप्रमुख शिबोदेवी साहले बालबालिकालाई चिसोबाट बचाउन केही दिन विद्यालय बन्द गरिएको र मौसममा सुधार आउनासाथ पठनपाठन सञ्चालन हुने बताउनुभयो ।

बाक्लो हुस्सु लागेपछि जाडो निकै बढेको छ । बर्दिवास, भङ्थगाहा, औरही र गौशाला नगर क्षेत्रका अधिकांश ठाउँमा भने मङ्गलबार घाम लागेको थियो । मध्य र दक्षिणवर्ती भेगमा भने बाक्लो हुस्सु लागेको छ । सम्सी, एकडारा, महोत्तरी र पिपरा गाउँपालिका तथा मनराशिशवा, जलेश्वर, रामगोपालपुर, बलवा, लोहारपट्टी र जलेश्वर नगरपालिकाका विद्यालयमा विद्यार्थीको उपस्थिति घट्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कैलालीमा गोली हानेर श्रीमतीको हत्या, युवकले आफैंमाथि पनि चलाए बन्दुक

आज समानुपातिक सांसदलाई प्रमाणपत्र, राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै

सम्बन्धित

रोल्पामा कक्षा ९ का विद्यार्थीले बनाए बन्दुक

टुँडिखेलमा सेनाको घोडेजात्रा

काठमाडौं उपत्यकामा आज घोडे जात्रा पर्व विविध कार्यक्रम गरी मनाइँदै

रास्वपालाई चीनको पत्र : रवि–बालेनको नेतृत्वमा सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन विश्वस्त छौं

एमाले नेताहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले दिइन् ‘धन्यवाद’

नेपालमा चिनियाँ राष्ट्रपतिका पुस्तक किन जलाइयो ? चिनियाँ दूतावासमार्फत चासो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com