ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मनाङको विकासमा मौसम बाधक


एबीसी / संवाददाता

काठमाडौं । धेरै स्थानमा गर्मी मौसममा विकास निर्माणका काम गरिन्छ । कुनै स्थानमा गर्मी लाग्ने अवस्थामा केही विकासका काम गरिन्छन् । हिमाली जिल्ला मनाङमा न गर्मीमा न हिउँदमा विकास निर्माणका काममा कठिनाई हुने गरेको छ । जाडो मौसममा यहाँको विकास निर्माण पूर्ण रुपमा प्रभावित भइरहेको छ ।

यसपटक गर्मीमा मौसम परिवर्तनका कारण बाढीपहिराले समस्या निम्त्याइरह्यो । हिउँद लाग्नासाथ मौसम बद्लीएर हिमपात सुरु भयो । हिमपातसँगै निर्माण कार्य प्रभावित भयो । प्रकृतिनै बाधक बन्दा यहाँको विकासमा बाधा पुगेको छ । बाढीपहिरा खस्न छाडेपछि केही विकासका काम थालिएपनि त्यसले निरन्तरता पाउन नसकेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताउनुभयो । “यहाँको विकास गर्न प्रकृतिनै बाधक बनेको छ । दुवै मौसममा निर्माण कार्य गर्न सकिदैन । केही समय काम गर्न सुरुआत मात्रै गर्ने र पूरा गर्न नपाउँदै अर्को मौसम सुरु हुन्छ जसले निर्माणको काम गर्न सक्ने अवस्था हुँदैन,” उहाँले भन्नुभयो । मनाङको प्रवेशद्वार नासों गाउँपालिकाको धारापानीसम्म मात्रै सवारी आवतजावत हुने गरेको आचार्य बताउनुहुन्छ ।

हिउँदमा विकास निर्माण गर्नुपर्ने भएपनि त्यसो गर्न नसकिएको उहाँको भनाइ छ । गर्मीमा बाढीपहिराले सामग्री ढुवानी हुन नसक्दा निर्माण कार्य हुन नसकेको र हिउँदमा हिमपातले सवारीसाधन आवतजावत हुन नसक्दा निर्माण कार्य हुन नसकेको प्रजिअ आचार्यले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “हिउँद सुरु भएसँगै हिमपातले सवारीसाधन आवतजावत रोकियो । विकास निर्माणका काम रोकिए । विकास निर्माणमा आवश्यक सामग्री ल्याउन नसकिने र ल्याएर राखिएका सामग्री हिमपातले जमेर काम नलाग्ने भएका छन् । विकास निर्माणले कहिले गति लिने यस्ता अवस्थामा रु”

गर्मीमा बाढीले भत्किएको पुल मर्मत गर्न थालिएपनि अझै पुरा भएको छैन । पुल निर्माणार्थ आवश्यक पर्ने सामग्री ढुवानी गर्न नसक्दा अहिलेसम्म पुल मर्मतको काम अलपत्र छ । बाढीले भत्किएका सामुदायिक एवं व्यक्तिगत आवास निर्माण गर्न सकिएको छैन । हिमपातले सामग्री मनाङसम्म ल्याउन मुस्किल पर्ने हुँदा अलपत्र परेको प्रजिअ आचार्य बताउनुहुन्छ ।

माथिल्लो मनाङ, नार्पाभूमि गाउँपालिकाको नार, फु गाउँलगायत सदरमुकाम चामेसम्म सवारीसाधन आउन चल्न सकेको छैन । “हिउँदमा हिमपातले गर्दा करिब तीन महिनासम्म सवारी आवतजावत हुँदैन । हिमपातले पुरिएको स्थानमा हिउँ फालेर मात्रै बाटो पहिल्याउन सकिन्छ । यस्तो अवस्थामा विकास निर्माणको काम गर्न सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो । विगतको तुलनामा यस वर्ष मनाङमा बाढीपहिराले भौतिक संरचनामा क्षति धेरै पु¥याएको छ । बाढीपहिराले क्षति पु¥याएका भौतिक संरचना निर्माणको काम अलपत्र नै छ । दुवै मौसममा निर्माणको काम गर्न नसक्दा अहिलेसम्म मनाङका धेरै भागसम्म सडकको व्यवस्थापन राम्रो बनाउन सकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com