काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का ३३ हजारभन्दा धेरै नया“ संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा ३३ हजार ७५० नया“ संक्रमित थपिएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो समय ओमिक्रोन भेरियन्टसहितको संक्रमणसंगै भारतमा नया“ संक्रमितको संख्या पनि उल्लेख्य रुपमा बढेको हो । अघिल्लो २४ घण्टामा भारतमा १७ हजारभन्दा धेरै नया“ संक्रमित थपिएका थिए ।
महाराष्ट्रमा सबैभन्दा धेरै ११ हजारभन्दा धेरै नया“ संक्रमित थपिएका छन् । त्यस्तै केरलामा करिब ३ हजार नयाँ संक्रमित थपिएका छन् । कर्नाटक र तामिलनाडुमा पनि एक हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणको कारण भारतमा १२३ जनाको मृत्यु भएको छ । भारतमा ओमिक्रोन भेरियन्टसहितको संक्रमण बढेसँगै कोरोनाको अर्को लहर फैलिन सक्ने विशेषज्ञहरूको चेतावनी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्