काठमाडौं । नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय समितिको बैठक केहीबेरमा सुरु हु“दैछ ।
काठमाडौंमा हिजो सम्पन्न आठौं महाधिवेशनले केन्द्रीय समितिमा २ सय ३६ जना चयन गरेको छ । हिजो सा“झ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २ सय ३६ जना केन्द्रीय सदस्यको नाम घोषणा गर्दै महाधिवेशन सम्पन्न गरेका हुन् । अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको खुलातर्फ १ सय ११ र समावेशीतर्फ १ सय २५ जना केन्द्रीय सदस्यको नाम हलले ताली बजाएर अनुमोदन गरेको माओवादी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
आज बस्ने केन्द्रीय समिति बैठकले पदाधिकारी र थप केन्द्रीय सदस्यको मनोनयन गर्नेछ । बैठकले पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्न सक्नेछ । कूल २ सय ९९ सदस्यीय केन्द्रीय समितिमा अब क्लस्टर अर्थात् समानुपातिकतर्फका २९ र खुलातर्फका ३४ सदस्य घोषणा हुन बा“की छ । उनीहरू अब केन्द्रीय समितिबाट मनोनीत हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्