ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२४ घण्टामा थप २१६ मा सङ्क्रमित थपिए


एबीसी / संवाददाता
पुस १८, २०७८ आईतबार  ५ : ३२ बजे

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २१६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सात हजार ६३१ जनाको नमूना परीक्षण गरिएको थियो ।

गत २४ घण्टामा २०९ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । यससँगै भाइरस सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख १२ हजार ४१९ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या आठ लाख ८७ हजार २०६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ४८ लाख ७० हजार ३२४ र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या आठ लाख ३१ हजार ६१९ पुगेको छ । कूलमा सङ्क्रमण दर १७ प्रतिशत छ ।

कोभिड विरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा एक लाख ३३ हजार ८१२ पुगेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ९७१ छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५९६ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत रहेको छ । प्रतिशत १० लाख जनसङ्ख्यामा मृत्युदर ३८१ दशमलव सात रहेको छ ।

हाल भेन्टिलेटरमा रहनेको सङ्ख्या जम्मा १९ र आइसियूमा ८३ जना रहेका छन् । होम आइसोलेशनमा चार हजार ७४७, संस्थागत आइसोलेशनमा २२४ रहेको छ । हाल देशभरमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौँ र ललितपुर रहेका छन् भने २०० भन्दा बढी उपचारार्थ सङ्क्रमित रहेका जिल्लामा सुनसरी, भक्तपुर, कास्की, बाँके र कैलाली छन् । शून्य सङ्क्रमित रहेका जिल्लामा सोलुखुम्बु, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला, मुगु र बाजुरा रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा एक हजार चार, ललितपुर ५८९ र भक्तपुरमा ४९७ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

तौल घटाउने औषधिको अर्को सीमारेखाः एकपटकको जीन थेरापी

स्तनपानका फाइदाहरू शिशुहरूमा मात्र होइन, क्यान्सर उपाचारमा उपयोगी

बीएमआईको सट्टा एक नयाँ विकल्प  शरीर गोलाई सूचकांक (BRI)

ओमान नामिबियासँग १०९ रनमै अलआउट

कोरोनाको नयाँ भेरियन्टबाट कसरी जोगिने ? विज्ञ के भन्छन् ?

वीर अस्पतालमा ७ सय शय्या निःशुल्क गर्ने सरकारको निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com