ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिवम् सिमेन्टका कारण बस्ती जोखिमामा


एबीसी / संवाददाता

मकवानपुर । मकवानपुरको हेटाँैडा वडा नं १६ मा रहेको शिवम् सिमेन्ट उद्योगले कञ्चापदार्थ चुनढुङ्गाका लागि मकवानपुरगढीमा रहेको खानीमा जथाभावी रुपमा उत्खनन गर्दा स्थानीयवासी समस्यामा परेका छन् ।

उक्त खानीबाट जथाभावी उत्खननले आफनो घरजग्गा राम्रोसँग उपयोग गर्न नपाउनाका साथै वर्षायाममा खेतबारी र घर बगाउनेसमेत चिन्ता बढेको स्थानीयवासीको गुनासो छ । उद्योगको ढुङ्गाखानी मकवानपुरगढी गाउँपालिका– २, ३, ६, ७ र ८ मा विस्तार भए पनि विशेष गरी खानी आसपासका र सामरी खोला किनारका बासिन्दा चिन्तित छन् । उद्योगले मकवानपुरगढीको खोटार, चपकी र कलवान क्षेत्रमा अव्यवस्थित रुपमा चुनढुङ्गा उत्खनन गरी पथ्थर र माटो बालुवा यत्रतत्र फाल्दा त्यहाँका जगङ्लसमेत मासिएको छ ।

उद्योगले खानी उत्खनन गर्दा पु¥याउनुपर्ने मापदण्ड पूरा नगरेका कारण समस्या भएको बस्ती तथा भूमि संरक्षण समूहका सचिव पुस्कर तिमल्सिनाले बताउनुभयो । उक्त समूहको टोलीले केही दिन अगाडि चुनढुङ्गा खानी क्षेत्रको अवलोकन गरेर खानी अव्यवस्थित रुपमा सञ्चालन भएको भन्दै प्रतिवेदन तयार गरेको उहाँको भनाइ थियो ।

समूहले खानी अव्यवस्थित भएको देखाउँदै उद्योगसँग १२ बँुदे माग राखेको थियो । मागपत्रमा खानीबाट निस्केर प्रयोगमा नआउने कञ्चापदार्थ सुरक्षित स्थानमा राख्नुपर्ने र बोटबिरुवा तथा जडीबुटीमा असर नपर्ने गरी गाउँपालिकासँग स्वीकृति लिएर व्यवस्थापन गर्नुपर्ने, खानी उत्खनन गर्दा वैज्ञानिक मापण्ड अपनाउनुपर्ने, खानीका कञ्चापदार्थलाई उचित व्यवस्थापन गर्नेुपर्ने र वडा नं १ देखि वडा नं ८ सम्मका तटीय क्षेत्र पूर्ण जोखिममा रहेकाले संरक्षणको जिम्मा सम्बन्धित उद्योगले लिनुपर्नेजस्ता विषय रहेको जनाइएको छ ।
उक्त विषयमा स्थानीयवासीको बसेको सर्वपक्षीय बैठकले खानी उत्खननमा भएको दुरुपयोग नियन्त्रण गर्नुपर्नेमा जोड दिएको छ । मकवानपुरगढी गाउँपालिका प्रमुख, सम्बन्धित वडाका वडाध्यक्ष र बस्ती संरक्षण समूहको प्रतिनिधिबीच भएको बैठकले पुस १९ गते र ३० गतेसम्म खानी क्षेत्रको अवलोकन गरेर थप विवरण लिने निर्णय गरेको सचिव तिमल्सिनाले जानकरी दिनुभयो ।
उद्योग प्रशासनलाई पटकपटक जथाभावी उत्खनन नगर्न ताकेता गर्दासमेत सुनवाइ नगरेकाले वास्तविक प्रतिवेदन आएपछि कारबाही अघि बढाइने उहाँले बताउनुभयोे ।

चालू आवको २०६ योजना सम्झौतामध्ये ७४ योजना सम्पन्न

हेटौँडा उपमहानगरपालिकाको चालू आर्थिक वर्षको २०६ वटा पूर्वाधार विकास निर्माणका स्वीकृत योजनामध्ये ७४ योजना सम्पन्न भएको छ । सडक पूर्वाधारतर्फका ५६ र अन्य १८ वटा योजना सम्पन्न भएको हो । चालू आर्थिक वर्षको साउनदेखि हालसम्ममा ती योजना पूरा भएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिनुभयो ।

सम्झौता भई कार्यावन्यनमा रहेका धेरै योजना सम्पन्न हुने चरणमा पुगेको र कतिपय योजना सम्पन्न भएर भुक्तानीको चरणमा छन् । उपमाहगपालिकको गौरवका आयोजनाका रुपमा रहेको हेटौँडा वडा नं ४, ५ र ८ को मध्य भागमा रहेको कोर्रा करिडोर निमार्णको दोस्रो चरणको कार्य अगाडि बढाइएको, उपमहानगर क्षेत्रमा विगत ५ महिनामा आठ किलोमिटर स्ल्याब ढलान गरिएको, हेटौँडा वडा नं– १० मा रहेको एकीकृत बस टर्मिनल निमार्ण भइरहेकाले कार्यप्रगति ४० प्रतिशतभन्दा बढी भइसकेको उहाँको भनाइ थियो ।

वडा नं ८ मा रहेको चन्द्रोदय माविको चौरमा प्याराफिट निर्माण कार्य द्रुतगतिमा भइरहेको, जिल्ला समन्यय समिति तथा हेटौँडा खानेपानी व्यवस्थापन बोर्डसगँको समन्वयमा हेटौँडा वडा नं –१४ स्थित वनेलधाप कालोपानी खानेपानी योजनाको निमार्णकार्य अन्तिम चरणमा रहेको, वाग्मती प्रदेश सरकारको कार्यक्रमअन्तर्गत दुई वटा स्वीकृत आयोजनामा संझौताको अन्तिम चरुणमा रहेको, बागमती प्रदेश सरकारबाट हस्तान्तरित सर्सत अनुदानको २९ वटा आयोजनामध्ये ८ वटा सम्पन्न भइसकेको, १६ वटामा सम्झौता भएको र बाँकी सम्झौताको अन्तिम चरणमा रहेको बताइएको छ । उपमहानगरपालिकाको प्रत्येक वडा कार्यालयको आफ्नै भवन निर्माण गर्ने लक्ष्यअनुरुप वडा नं १४ को वकार्यालय भवन निर्माणको अन्तिम चरणमा पुगेको र वडा नं७ को कार्यालय भवन निर्माणका लागि अघि बढाइएको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

यस्तो छ नागरिकता विधेयक फिर्ता गर्दै राष्ट्रपतिले पठाएको सन्देश (पूर्णपाठ)

काठमाडौं, ३० साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक सोमबार प्रतिनिधिसभामा पुगेको छ । राष्ट्रपति कार्यालयले पठाएको

देउवाको निर्देशन गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्नुस्

काठमाडौं, ३० साउन । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा गठबन्धनको उम्मेदवारलाई जिताउने अभियानमा लाग्न निर्देशन दिएका छन्। सोमबार

राष्ट्रपति भण्डारी पोखरा आउँदै, दुई दिन पोखरामा रहने

पोखरा, ३० साउन । राष्ट्रपति विद्यादेवी भण्डारी आज पोखरा आउने भएकी छन् । मंगलबार हुने विभिन्न कार्यक्रममा सहभागी हुन बुद्ध एयरको जहाजमार्फत मध्याह्न १२ बजे

सम्बन्धित

फोहर लिएर बञ्चरेडाँडा गएका गाडी आज पनि रोकिए

बहिनीको प्रेमीको गरे दाजुभाईले हत्या

गोरखाको पालुङटारमा एक युवाको शव फेला

चुनावमा भोट हाल्न प्रवासी नेपालीलाई राप्रपाको आग्रह

मधेस प्रदेशले नेपाल सरकारविरुद्ध भोली देखि एक हप्तासम्म प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिने

गोसाइँकुण्डबाट फर्कनेक्रममा लेक लागेर बेहोस भएका तीन जनाको सकुशल उद्धार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...