काठमाडौं । नेपाली काँग्रेसका केन्दिय सदस्य डा आरजु देउवा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालेबीच भेटवार्ता भएको छ । व्यक्तिगत कामको शिलसिलामा भारतको दिल्लीमा रहनु भएकी प्रधानमन्त्री शेर बहादुर देउवाकी धर्मपत्नी डा आरजु देउवा आज चौथाईवालेसँग उनको निवासमा भेटघाट गर्नु भएको हो ।
भेटघाटको क्रममा दुई देशको पारस्परिक हितका विभिन्न विषयमा सुमधुर र अनौपचारिक छलफल भएको विजेपीको विदेश विभाग प्रमुख चौथाईवालेले सामाजिक सन्जाल मार्फत जानकारी गराउनुभयो ।








प्रतिक्रिया दिनुहोस्