ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आवश्यक परे त्याग र कष्ट सहेर झुपडीमा गएर बस्न पनि तयार छु –अध्यक्ष प्रचण्ड


एबीसी / संवाददाता
पुस १६, २०७८ शुक्रबार  ६ : ३४ बजे

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकका लागि आवश्यक परे जस्तोसुकै बलिदान दिन तयार रहेको बताउनुभएको छ । माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत प्रज्ञा भवनमा जारी बन्दसत्रमा जवाफ दिनेक्रममा अध्यक्ष प्रचण्डले ’जनयुद्ध’ सुरु गरेर शान्ति प्रक्रिया ह“ुदै गणतन्त्रको स्थापना, संविधान निर्माण गरेर आजको अवस्थासम्म आउनुलाई गतिशीलता भन्दै अब पनि आफ्नै टाउकोमा आगो लगाएर ंिहंड्न तयार रहेको बताउनुभयो । अध्यक्ष प्रचण्डले माओवादी सुधारवादी र अस्थिरतावादी बाटोमा लागेको टिप्पणीको खण्डन गर्दै आफ्नो पार्टी गतिशील रहेको दाबी गर्नुभएको हो । २०४५ सालमा सानो समूह, २०५२ सालमा जनयुद्ध सुरु गरेर शान्तिप्रक्रिया ह“ुदै गणतन्त्र स्थापना, संविधान निर्माण गरेर आजको अवस्थासम्म पुग्नु गतिशीलता हो कि अस्थिरता हो ?,’ भन्ने प्रश्न गर्दै अध्यक्ष प्रचण्डले आफूहरु अहिले पनि एउटा छलाङ हान्न खोजिरहेको बताउनुभयो । सशस्त्र युद्ध र सर्वहारा वर्गको लागि क्रान्ति गर्ने भनिएका माओवादीहरु पद प्रतिष्ठा र सुविधाभोगी भएको भन्दै पार्टीभित्रै आलोचना खेपेका अध्यक्ष प्रचण्डले आफू त्याग र कष्ट सहन तयार रहेको स्पष्ट पार्नुभयो । ’कतिपयले प्रचण्ड फेरि झुपडीमा जान सक्ला त ? चिल्लो गाडी छोड्न सक्ला त ? काठमाडौंको रमझम छोड्न सक्लान् त ? भनेर पनि भन्ने गर्छन्,’ भन्दै उहा“ले जरुरी पर्दा आफूलाई गाउ“घरमा जान, उनीहरुस“गै बस्न, मजदुरस“ग खान, जनतामाझ गएर बस्न कुनै गाह्रो नभएको बताउनुभयो । माओवादी केन्द्रलाई क्रान्तिकारी बनाउन, जस्तासुकै त्याग, कष्ट र बलिदान गर्न आफू तयार रहेको भन्दै यो अन्तिम अवसर गुम्न नदिने दावी गर्नुभयो ।

जवाफका क्रममा उहा“ले आफ्नो प्रतिवेदनमा सबैका सुझाव समेट्ने प्रतिबद्धता जनाउनुभयो । प्रतिवेदन मूलतः सही छ भन्दै सुझाव आएको उल्लेख गर्दै उहा“ले प्रतिवेदनमा आमूल परिवर्तन आवश्यक नदेखिएको बताउनुभयो । बन्दसत्रमा जवाफ दिंदै उहा“ले भन्नुभयो ‘टोली नेताहरूले लिखित नै राख्नुभएको छ । सबैले यो प्रतिवेदनको मूल स्परिट सही छ भन्नुभयो । तर केही आवेगमा आएर पनि सुझाव दिएको भन्ने पनि रह्यो । त्यो पनि सुझाव नै हो,’ । उहा“ले आफ्नो प्रतिवेदन सिंगै हलको साझा प्रतिवेदन भयो भन्दै सबैको सुझाव समेटेर प्रतिवेदन सबैमा पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । अध्यक्ष प्रचण्डले बन्दसत्रको पहिलो दिन सोमबार ’२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनमाथि छलफल गर्न प्रतिनिधिहरुलाई २५ समूहमा विभाजन गरिएको थियो । बुधवार र विहबार सबै २५ सै समूहका टोली नेताले प्रतिवेदनमाथिको समूह छलफलको निष्कर्ष प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com