काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो प्रतिवेदनमा सबैका सुझाव समेट्ने प्रतिबद्धता जनाउनुभएको छ । माओवादीको आठौं महाधिवेशनअन्तर्गत प्रज्ञा भवन कमलादीमा जारी बन्दसत्रमा समूहका नेताले उठाएका प्रश्नको जवाफ दिनेक्रममा अध्यक्ष प्रचण्डले आफूले पेस गरेको प्रतिवेदन सबैको साझा भन्दै सबै सुझावहरु समेटिने बताउनुभएको हो । प्रतिवेदन मूलतः सही छ भन्दै सुझाव आएको उल्लेख गर्दै उहा“ले प्रतिवेदनमा आमूल परिवर्तन आवश्यक नदेखिएको बताउनुभयो । बन्दसत्रमा जवाफ दिंदै उहा“ले भन्नुभयो ‘टोली नेताहरूले लिखित नै राख्नुभएको छ । सबैले यो प्रतिवेदनको मूल स्परिट सही छ भन्नुभयो । तर केही आवेगमा आएर पनि सुझाव दिएको भन्ने पनि रह्यो । त्यो पनि सुझाव नै हो,’ ।
उहा“ले आफ्नो प्रतिवेदन सिंगै हलको साझा प्रतिवेदन भयो भन्दै सबैको सुझाव समेटेर प्रतिवेदन सबैमा पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । अध्यक्ष प्रचण्डले बन्दसत्रको पहिलो दिन सोमबार ’२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनमाथि छलफल गर्न प्रतिनिधिहरुलाई २५ समूहमा विभाजन गरिएको थियो । बुधवार र विहबार सबै २५ सै समूहका टोली नेताले प्रतिवेदनमाथिको समूह छलफलको निष्कर्ष प्रस्तुत गरेका थिए ।








प्रतिक्रिया दिनुहोस्