काठमाडौं । नेकपा माओवादी केन्द्रको जम्मा सम्पत्ति ६६ करोड रुपैयां बराबरको रहेको खुलासा भएको छ ।
माओवादी केन्द्रको जारी आठौं महाधिवेशनअन्तर्गत शुक्रबार पेश भएको केन्द्रीय लेखा आयोगको प्रतिवेदनमा पार्टीको सम्पत्ति र आयव्ययबारे उल्लेख गरिएको छ ।
लेखा आयोगको प्रतिवेदन अनुसार माओवादीको कूल स्थिर सम्पति ६६ करोड रुपैया बरावर छ । त्यस्तै चालु दायित्व १ लाख ६६ हजार रुपैया रहेको छ । यो वर्ष पार्टीले ६९ लाख रुपैया आम्दानी गरेको छ भने गत वर्ष ५४ लाख आम्दानी भएको लेखा आयोगले जनाएको छ । माओवादीलाई ८ लाख ८७ हजार वार्षिक ऋण रहेको पनि आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ ।







प्रतिक्रिया दिनुहोस्