ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनमत पार्टीले गर्‍यो पूर्व–पश्चिम राजमार्ग अवरुद्ध


एबीसी / संवाददाता

सप्तरी । किसानहरुको समस्या सम्बोधनको माग गर्दै डाक्टर सिके राउत नेतृत्वको जनमत पार्टीले बिहीबारदेखी अनिश्चितकालिन राजमार्ग बन्दको आहवान गरेको छ । राजमार्ग केन्द्रित आन्दोलनमा उत्रेको जनमत पार्टीका नेता कार्यकर्ताहरु बिहीबार बिहानैदेखी सप्तरीको भारदह, कंचनपुर, रुपनी, कठौना, कल्याणपुरस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । उनीहरुले राजमार्ग अवरुद्ध गर्दै बीच सडकमै टायर बालेर प्रदर्शन गरेका छन् ।

प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुँदा दुई महिला आन्दोलनकारी घाइते भएका छन् भने आधा दर्जन कार्यकर्ता पक्राउ परेका छन् । सोही क्रममा भारदहमा प्रहरीसँग झडप हुँदा रुबी शर्मा र एकामनी पण्डित घाइते भएको पार्टीका जिल्ला सचिव थानेश्वर साहले जानकारी दिनुभयो । यस्तै राजमार्ग अवरुद्ध गर्ने क्रममा श्याम मण्डल, कृष्ण मण्डल, सुरेन्द्र मण्डल, भोगेन्द्र शर्मा, राजेश यादव, सदानन्द मुखियालाई प्रहरीले पक्राउ गरेको उनले सचिव साहले बताउनुभयो । बुधबारदेखी जनमतका नेता कार्यकर्ताहरुले किसानको माग सम्बोधनका लागि उच्चस्तरिय समिति गठन गर्नलगायतको माँग गर्दै राजमार्ग केन्द्रित आन्दोलनको थालनी गरेका हुन् ।

किसानका लागि मलखाद र बिउको व्यवस्था, सिंचाईको ब्यवस्था, निशुल्क बिजुली, हावाहुरी र वर्षाले भएको बालिनालीको क्षति वापत राहत, बालीको उचित समर्थन मुल्य निर्धारण तथा उखु किसानको भुक्तानी गर्न पार्टीले माग गरेको छ । यस्तै किसानका लागि कार्डको व्यवस्था, पेन्सनको व्यवस्था, बालिनालीको बिमा, किसानलाई पेन्सनको व्यवस्था तथा किसानहमाथी दमन, झुठा मुद्दा खारेज लगायत आन्दोलनका क्रममा पक्राउ परेकाहरुको रिहाईको माग समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com