ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनमत पार्टीले गर्‍यो पूर्व–पश्चिम राजमार्ग अवरुद्ध


एबीसी / संवाददाता
पुस १५, २०७८ बिहीबार  ५ : ४७ बजे

सप्तरी । किसानहरुको समस्या सम्बोधनको माग गर्दै डाक्टर सिके राउत नेतृत्वको जनमत पार्टीले बिहीबारदेखी अनिश्चितकालिन राजमार्ग बन्दको आहवान गरेको छ । राजमार्ग केन्द्रित आन्दोलनमा उत्रेको जनमत पार्टीका नेता कार्यकर्ताहरु बिहीबार बिहानैदेखी सप्तरीको भारदह, कंचनपुर, रुपनी, कठौना, कल्याणपुरस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । उनीहरुले राजमार्ग अवरुद्ध गर्दै बीच सडकमै टायर बालेर प्रदर्शन गरेका छन् ।

प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुँदा दुई महिला आन्दोलनकारी घाइते भएका छन् भने आधा दर्जन कार्यकर्ता पक्राउ परेका छन् । सोही क्रममा भारदहमा प्रहरीसँग झडप हुँदा रुबी शर्मा र एकामनी पण्डित घाइते भएको पार्टीका जिल्ला सचिव थानेश्वर साहले जानकारी दिनुभयो । यस्तै राजमार्ग अवरुद्ध गर्ने क्रममा श्याम मण्डल, कृष्ण मण्डल, सुरेन्द्र मण्डल, भोगेन्द्र शर्मा, राजेश यादव, सदानन्द मुखियालाई प्रहरीले पक्राउ गरेको उनले सचिव साहले बताउनुभयो । बुधबारदेखी जनमतका नेता कार्यकर्ताहरुले किसानको माग सम्बोधनका लागि उच्चस्तरिय समिति गठन गर्नलगायतको माँग गर्दै राजमार्ग केन्द्रित आन्दोलनको थालनी गरेका हुन् ।

किसानका लागि मलखाद र बिउको व्यवस्था, सिंचाईको ब्यवस्था, निशुल्क बिजुली, हावाहुरी र वर्षाले भएको बालिनालीको क्षति वापत राहत, बालीको उचित समर्थन मुल्य निर्धारण तथा उखु किसानको भुक्तानी गर्न पार्टीले माग गरेको छ । यस्तै किसानका लागि कार्डको व्यवस्था, पेन्सनको व्यवस्था, बालिनालीको बिमा, किसानलाई पेन्सनको व्यवस्था तथा किसानहमाथी दमन, झुठा मुद्दा खारेज लगायत आन्दोलनका क्रममा पक्राउ परेकाहरुको रिहाईको माग समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

कैलालीमा गोली हानेर श्रीमतीको हत्या, युवकले आफैंमाथि पनि चलाए बन्दुक

सम्बन्धित

आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू प्रतिवादमा

समानुपातिक सांसदले पाए निर्वाचित भएको प्रमाणपत्र

रोल्पामा कक्षा ९ का विद्यार्थीले बनाए बन्दुक

टुँडिखेलमा सेनाको घोडेजात्रा

काठमाडौं उपत्यकामा आज घोडे जात्रा पर्व विविध कार्यक्रम गरी मनाइँदै

रास्वपालाई चीनको पत्र : रवि–बालेनको नेतृत्वमा सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन विश्वस्त छौं

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com