काठमाडौं । माओवादी केन्द्रको जारी आठौं राष्ट्रिय महाधिवेशनमा प्रचण्डको प्रस्तावमाथिको छलफल सकियो ,प्रस्तावमाथि उठेका प्रश्नहरुको भोली प्रचण्डले जवाफ दिने
काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल सकिएको छ । पार्टी अध्यक्षको प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिले २५ समूहमा छलफल गरेका थिए । त्यसपछि टोली नेताहरुले पालैसँग छलफलको निष्कर्ष सुनाएका प्रस्तुत गरेका थिए ।
यता स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि भनिएको पूरक वा फरक प्रस्तावलाई महाधिवेशनमा वाचन गर्न दिने कि नदिने भन्ने विषयमा छलफल जारी रहेको छ । अब बैठक भोली शुक्रबार दिउँसो १ बजे बस्नेछ । शुक्रबार अनुशासन, लेखा र निर्वाचन आयोगको प्रतिवेदन पेश गर्ने र त्यसपछि प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ । यता, माओवादी केन्द्रको नयाँ नेतृत्व चयन कसरी गर्ने भने बिषयमा अझै निक्र्यौल भई सकेको छैन ।







प्रतिक्रिया दिनुहोस्