काठमाडौं । कोरोना भाइरसको ओमिक्रोन र डेल्टा भेरियन्टले सङ्क्रमणको ‘सुनामी’ नै ल्याउन सक्ने विश्व स्वास्थ्य सङ्गठनले चेतावनी दिएको छ । युरोप र अमेरिकामा कोरोनाका नया“ सङ्क्रमित उच्च संख्यामा देखा परिरहेका बेला विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले सङ्क्रमण ‘सुनामी’को चेतावनी दिनुभएको हो । उहा“ले कोरोनाका दुईवटा भेरियन्टको चुनौती निक्कै डरलाग्दो गरी बढेको बताउनुभयो ।
अमेरिकाका शीर्ष सङ्क्रामक रोग विज्ञ डा. एन्थोनी फाउचीले सङ्क्रमणले आउ“दो जनवरीको अन्त्यसम्ममा अमेरिकामा उच्च बिन्दुमा पुग्ने सम्भावना देखिएको बताउनुभएको छ । सङ्क्रमण बढेपछि केही देशमा कोभिडको तेस्रो मात्रा खोप दिनेगरी बुस्टर अभियान समेत सुरु भएको छ ।
प्रतिक्रिया दिनुहोस्