ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी महाधिवेशनको बन्दसत्र : प्रचण्ड युग घोषणा गर्न प्रस्ताव


एबीसी / संवाददाता
पुस १४, २०७८ बुधबार  ५ : ४९ बजे

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को काठमाडौंमा जारी ८ औं महाधिवेशनमा प्रतिनिधिहरुले नेपालमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिसहितको शासन प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने सुझाव दिएका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीति प्रतिवेदनमाथि छलफल गरी निष्कर्ष प्रस्तुत गर्न गठित २५ मध्ये १५ समूहले आज निष्कर्ष प्रस्तुत गरेका छन् । आज बोल्ने अधिकांश समूह नेताहरूले नेपालमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिसहितको शासन प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनु पर्ने सुझाव दिएका थिए ।

यसैगरी बागमती प्रदेश समूहबाट विगतमा स्थगन गरिएको प्रचण्डपथको विकल्पमा ‘प्रचण्ड विचार’ राखेर अघि बढ्नुपर्ने सुझाव दिइएको छ । ‘जनयुद्धदेखि शान्ति प्रक्रिया ह“ुदै आजसम्म पार्टीलाई ल्याउने भूमिका अध्यक्ष प्रचण्डले गर्नुभएको छ, यो एउटा विचार हो’, बागमती प्रदेश ‘क’ को समूहको निष्कर्ष सुनाउ“दै टोली नेता सरल सहयात्रीले भन्नुभयो, अब हामीले यसलाई ‘प्रचण्ड विचार’ राखेर दस्तावेजमै समावेश गर्नुपर्छ । यसैगरी अर्का समुह नेता टंक राईले बन्दसत्रमा आफ्नो समुहको निश्कर्ष सुनाउ“दै प्रतिवेदनले धेरै कुरा समेटेको भएपनि न्यायालयमा हुने भ्रष्टाचारबारे पार्टीको स्पस्ट धारणा आउनुपर्ने, पार्टीले आगामी दिनमा भ्रष्टाचारमा शुन्य सहनशीलताको नीति अपनाउनुपर्ने बताउनुभयो । त्यस्तै २०६२ पछि भएका मधेस आन्दोलनको समिक्षा, नागरिक आन्दोलनलाई समेत सम्बोधन गर्दै संविधान संशोधनका लागि पहल गर्नुपर्ने समूहको सुझाव छ ।

त्यस्तै कम्युनिस्टहरु जनताका कुरा उठाएर सत्तामा जाने तर सत्तामा गएपछि जनमुखी काम गर्न नसक्ने अवस्थाको अन्त्यका लागि दस्तावेजमा खुलाइनुपर्ने सुझावसमेत दिइएको छ । यसैगरी गण्डकी प्रदेशको तर्फबाट समूह नेताले सुझाव प्रस्तुत गर्दै पार्टी केन्द्रीय सदस्यका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन अनिवार्य गर्नुपर्ने माग गरेका छन् । संघीय संरचनाअनुसारको वैज्ञानिक शिक्षा नीति र कोभिडले अर्थतन्त्रमा पारेको प्रभावबारे पनि उल्लेख गर्न पनि सो समूहको सुझाव छ । त्यस्तै समूह सुझावमा पार्टीमा विलासिता बढेको, वर्ग दूरी बढेको जस्ता कुराहरू अध्यक्ष प्रचण्डले पहिले नै सबै समेट्नु भएकाले अब यो प्रतिवेदनको कार्यान्वयन कसरी हुन्छ भन्नेमा धेरैको चासो रहेको थियो । केही समूह नेताले अन्य राजनीतिक दललाई माओवादीले हेर्ने दृष्टिकोण के हो भन्नेबारे प्रश्न उठाएका थिए ।

अध्यक्ष प्रचण्डको प्रतिवेदनमा अरू दललाई माओवादी केन्द्रले हेर्ने दृष्टिकोणबारे दलविशेषको नाम उल्लेख गरेर विश्लेषण गरिएको छैन । दुई दिनसम्म चलेको समूहगत छलफलपछि बुधबारदेखि सुझाव दिन थालिएको हो । २५ सै समूहको निष्कर्ष तथा सुझाव प्रस्तुतिपछि अध्यक्ष प्रचण्डले जवाफ दिने र सम्भवतः भोलिबाटै नेतृत्व छनौटको काम अघि बढाइने बताइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com