काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) छपाइ पुनः सुरु गरेको छ ।
कार्ड नभएकाले विगत १५ महिनादेखि छपाइ बन्द थियो । फ्रान्सबाट १४ लाख प्रति कार्ड ल्याइएपछि छपाइ सुरु भएको यातायात व्यवस्था विभागले जनाएको छ । यसअघि विदेश जानेहरूका लागि मात्र आकस्मिक रूपमा लाइसेन्स दिने गरिएको थियो । अहिले नया“–पुराना गरी झण्डै ७ लाख स्मार्ट लाइसेन्स छपाइ हुन बा“की छ ।
अब प्रतिदिन ७ देखि १० हजार कार्ड छपाइ गर्ने योजना छ । सरकारले २०७२ सालबाट स्मार्ट लाइसेन्स वितरण थालेको हो । कार्ड सप्लाईको ठेक्का फ्रेन्च कम्पनी सेल्पले १४ करोड ८६ लाख रुपैया“मा लिएको थियो । अहिलेसम्म २० लाख स्मार्ट लाइसेन्स वितरण भइसकेको छ । विभागले नया“ आवेदन पनि खुला गरिरहेको छ । बा“की रहेका लाइसेन्सलाई पहिलो प्राथमिकता दिएर कार्ड छपाइ हुनेछ ।








प्रतिक्रिया दिनुहोस्