ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसदीय समितिका हरेक निर्णय हुबहु पालना गर्छु – मन्त्री आले


एबीसी / संवाददाता
पुस १३, २०७८ मंगलबार  ७ : २१ बजे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले संसदीय समितिले गर्ने हरेक निर्णय हुबहु पालना गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा उहाँले तारागाउँ विकास समितिको नाममा रहेको जग्गा, पोखरा विमानस्थल र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सम्बन्धमा समितिले दिएको निर्देशन पूर्णरुपमा कार्यान्वयन गर्ने अठोट व्यक्त गर्नुभयो । मन्त्री आलले भन्नुभयो, “निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई कुन ढाँचामा अघि बढाउने भन्ने सन्दर्भमा छलफल भइरहेको छ, निर्माणका लागि यसअघि चासो देखाएका कम्पनीसँग छलफल र परामर्श गरिने छ ।”

यसअघि बैठकमा सभापति पवित्रा खरेलले मिनि संसद्को रुपमा रहेको संसदीय समितिको निर्णय कार्यान्वयन किन हुन्न भनी मन्त्री आलेसँग जवाफ माग गर्नुभएको थियो । बैठकमा समितिका सदस्य एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लगानी गर्नुभन्दा अघि नै कहाँ विमानस्थल बनाउन हुन्छ, कहाँ हुन्न भन्नेमा यकिन गरेर मात्र काम थाल्न तथा निर्माणमा देखिदै आएको ढिलासुस्ती, वेवास्ता, गुणस्तरहित र कमिसन लिन प्रतिस्पर्धा गर्ने प्रवृत्ति अन्त्य गर्न निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, “भैरहवा विमानस्थलको टर्मिनल निर्माण चित्तबुझदो छैन, लापरबाही भएको छ, पूर्वाधार निर्माण गर्दा दीर्घकालसम्म पर्ने प्रभावमा ध्यान दिन आवश्यक छ, निजगढ विमानस्थलको काम किन ढिलासुस्ती भएको छ, कसले काम हुन दिएको छैन, काम किन अघि बढेन, द्रुतमार्गकै छेउबाट रेल ल्याउनुपर्छ यसले खर्च बचाउँछ ।” समिति सदस्यले निर्देशन कार्यान्वयनमा ध्यान पु¥याउन, नेपाल वायु सेवा निगमलाई दीर्घजीवी तुल्याउन, निजगढ, पोखरा र गौतमबुद्ध विमानस्थलका कामलाई तीव्रता दिन मन्त्रालय र सरोकारवाला निकायबीच समन्वय र सहकार्यको खाँचो आँैल्याउनुभयो ।

यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्री, नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अघिकारीले गौतमबुद्ध विमानस्थलमा नियमित विद्युत् आपूर्तिको सुनिश्चिता गर्ने तथा अन्य कमीकमजोरीमा सुधार गरी यथाशिघ्र विमानस्थल सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

पत्रकार दिनेश सिटौलाको निधन

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

तोड्ने होइन, जोड्ने राजनीतिमा विश्वास गर्छु : गगन थापा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com