काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले उद्यमी युवाहरुलाई सरकारले प्रोत्साहन दिनुपर्ने बताउनु भएको छ । मंगलवार काठमाडौंमा भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र नेकपा जनवादीबीच पार्टी एकीकरणको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले उद्यमी युवाहरुलाई सरकारले प्रोत्साहन दिनुपर्ने बताउनु भएको हो । उहा“ले सरकारले उद्यमशीलताको विकास र उत्पादनको क्षमता नबढाएको हुनाले मानिसहरुमा आत्मविश्वास बढ्न नसकेको दाबी गर्नुभयो । अध्यक्ष नेपालले दलाल पू“जीको दबदबा बढीरहेकोले देशमा मेहेनत नगरीकन पैसा कमाउने प्रवृत्ति, रातारात अर्बपति बन्ने चाहना र अरुलाई लुटेर कमाउने प्रवृत्ति हुर्किरहेको भन्दै त्यस्ता प्रवृत्तिलाई समाप्त पार्नुपर्ने बताउनु भयो । उहा“ले शासन सञ्चालनको तरिकामा सुधार गर्नुपर्ने भन्दै केन्द्रिय सरकारले प्रादेशिक र प्रदेश सरकारले स्थानीय सरकारका काम कारबाहीमा निगरानी राख्न आवश्यक रहेको बताउनु भयो । त्यसैगरी पार्टीले पनि आफ्ना कार्यकर्ताहरुले कसरी काम गरिरहेका छन् भनेर अनुगमन गर्नुपर्ने उहा“को भनाइ छ ।
अध्यक्ष नेपालले इमान्दारिता, निष्ठा र समर्पण नै एउटा नेताको लागि आवश्यक र उचित हुने भन्दै जनताको मन जित्न यी काममा ध्यान दिनुपर्ने बताउनु भयो । उहा“ले प्रधानमन्त्री शेरबहादुर देउवालाई अरु सरकारभन्दा यो सरकार फरक हुनुपर्ने कुरा राखेको र देशका प्राथमिकता र नीति बनाउने कुरामा विज्ञस“ग सुझाव लिन सुझाएको बताउनु भयो । अध्यक्ष नेपालले देश विकास गर्नका लागि आफैं अघि सरेर काम गर्न तयार रहेको भन्दै समस्याको समाधान गर्ने कुरामा आफू प्रतिवद्ध रहेको बताउनु भयो । उहा“ले वंशानुगत तानाशाही प्रवृत्ति सकिइसके पनि व्यक्तिगत तानाशाही प्रवृत्ति देशमा हाबी भइरहको भन्दै यो सह्य नहुने बताउनु भयो ।
अध्यक्ष नेपालले सरकारले व्यवहारमा प्रयोग गर्ने योजना र प्राथमिकता तय गर्न नसकेको बताउनु भयो । उहा“ले सुदूरपश्चिमको प्रदेशसभामा एक नम्बर पार्टीको रुपमा नेकपा एकीकृत समाजवादी स्थापित भएको दाबी समेत गर्नुभयो । अध्यक्ष नेपालले राष्ट्रिय राजनीतिमा कसैले पनि आफ्नो पार्टीलाई बेवास्ता गर्न नसक्ने बताउ“दै युवाहरुले देशमा आफूलाई योग्य र सक्षम देखाउनु पर्ने बताउनु भयो ।








प्रतिक्रिया दिनुहोस्