भारत । ओमिक्रोन संक्रमितको संख्या दैनिक रुपमा बढ्दै जादा भारतको राजधानी नया“ दिल्लीमा ‘येलो एलर्ट’ जारी गरिएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा ओमिक्रोन संक्रमितको संख्या बढिरहेको भए पनि चिन्ता लिनुपर्ने आवश्यकता नभएको बताउनु भएको छ । तर उहा“ले जारी गर्नुभएको स्वास्थ्य मापदण्ड पालन गर्न आग्रह गर्नुभएको छ । यदी लगातार दुई दिनसम्म ०.५ प्रतिशत पोजेटिभिट रेट रहेको खण्डमा येलो एलर्टको घोषणा हुने र दिल्लीमा लगातार तीन दिनदेखि ओमिक्रोन संक्रमित हुने दर बढिरहेको बीबीसी हिन्दीले जनाएको छ । पहेलो चेतावनी जारी भएस“गै दिल्लीमा सिनेमाघर र जिम बन्द गर्ने आदेश दिइएको छ ।
तर शपिङ मल र पसलहरु भने जोर विजोर प्रणाली अनुसार खुल्ने छन् । मल र पसल विहान १० बजेदेखि राति ८ बजेसम्म खुल्ने छन् । दिल्ली मेट्रो, रेस्टुरेन्ट तथा बारमा क्षमता भन्दा ५० प्रतिशत मानिसलाई मात्र अनुमति दिइएको छ । दिल्ली सरकार यो प्रतिबन्ध तत्कालबाट लागू हुने जनाएको छ । त्यस्तै विवाहमा २० जना मात्र सहभागी हुन पाउने छन् भने विद्यालय र कलेजहरु बन्द गरिएका छन्। दिल्लीमा पछिल्लो २४ घण्टामा ३३१ जना संक्रमित फेला परेका थिए ।
प्रतिक्रिया दिनुहोस्