काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन आजबाट शुरुभएको छ । आइतवार काठमाडौंको प्रज्ञा भवनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशनको उद्घाटन गर्नुभएको थियो ।यस अघि राष्ट्रिय सम्मेलन भनेर तयारी गरे पनि शनिवार सा“झ अकस्मात सम्मेलनलाई महाधिवेशन परिणत गरिएको थियो । महाधिवेशन परिणत गरिएपछि यसअघि तय गरिएको प्रतिनिधि संख्या पनि बढेर १७ सय पुगेको छ ।
सुरुमा माओवादीले १५ सय ३१ प्रतिनिधि सहभागी हुने बताएको थियो। त्यसपछि अध्यक्षबाट थप ५ प्रतिशत मनोनयन गरी १६ सय ३८ प्रतिनिधि पुगेको बताइएको थियो। अब महाधिवेशनमा प्रतिनिधि संख्या १७ सय पुगेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिनुभयो । भोलिबाट महाधिवेशनको बन्दसत्र भोलि विहान ११ बजेबाट प्रज्ञा प्रतिस्ठानकै भवनमा हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्