ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादीमा पदाधिकारी १५ जना प्रस्ताव, उपाध्यक्ष मात्रै सातजना


एबीसी / संवाददाता

काठमाडौं । नेकपा(माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठकले १५ जनाको पदाधिकारी संख्या बनाउने प्रस्ताव गरेको छ ।
आइतवार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले आइतवारदेखि सुरु भएको आठौँ राष्ट्रिय सम्मेलनमा पार्टीको पदाधिकारी संख्या १५ जना बनाउने प्रस्ताव गरेको हो । जसमा १ जना अध्यक्ष, १ जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, १ जना महासचिव, २ जना उपमहासचिव, ३ जना सचिव र १ जना कोषाध्यक्ष रहने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । उहाँले केन्द्रीय कमिटीको फर्मेशन क्लष्टर अनुसार नै गर्ने निर्णय गरिएको पनि बताउनुभयो ।

केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक्काइसौं शताब्दीको समाजवादको नेपाली बाटो शीर्षकको राजनीतिक प्रस्ताव पेश गर्नुभएको छ । प्रस्ताव पेश भएपनि सबै केन्द्रीय सदस्यलाई वितरण नगरिएका कारण त्यसउपर छलफल भने महाधिवेशनमै गरिने प्रवक्ता महराले बताउनुभयो । केन्द्रीय कमिटी संख्या २९९ जनाभन्दा बढी हुने उल्लेख गर्दै उहाँले केन्द्रीय कमिटीको तर्फबाट प्यानल प्रस्तुत हुने बताउनुभयो । सहमती हुन नसकेमा निर्वाचनमा जाने उहाँको भनाई छ । बैठकमा तीन सदस्यहरुले वैचारिक विषयमा आफ्नो फरक धारणा रहेको भन्दै त्यसलाई महाधिवेशनमा प्रस्तुत गर्न पाउनु पर्ने माग गरेका थिए । पेरिसडा“डामा भएको बैठकमा राम कार्की, परशुराम तामाङ, धर्मदत्त देवकोटासहितका नेताहरुले वैचारिक विषयमा आफूले अघि सारेको धारणामाथि महाधिवेशनमा छलफल हुनुपर्ने माग गरे । बैठकपछि एक केन्द्रीय सदस्यले तीनै जना नेताहरुले आफ्नो विचारमाथि दमन नगरियोस् भन्ने कुरा उठाउनु भएको जानकारी दिनुभयो । बैठकमा देवकोटाले साउनमा भएको केन्द्रीय समितिमा आफूले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमाथि छलफल नै नभएको गुनासो गरेका थिए ।

अध्यक्षको प्रतिवेदनमा आफूले उठाएको विषय समावेश रहेनछ भने वैचारिक विषयमा फरकमत महाधिवेशनमा जाने देवकोटाको भनाइ रहेको ती केन्द्रीय सदस्यले जानकारी दिए । केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले भने कसैको विचारलाई पनि नदबाइने बताउनुभएको र फरक विचारहरुलाई बन्द सत्र हलमै धारणा राख्न दिने भन्नुभएको ती केन्द्रीय सदस्यले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com