काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परीक्षणबाट २ सय १३ र एन्टिजेन परीक्षणबाट ६ जनामा संक्रमण पाइएकोे हो । मन्त्रालयका अनुसार विगत २४ घण्टामा देशभर ७ हजार १ सय ८० पीसीआर र २ हजार ४ सय ९७ एन्टिजेन परिक्षण गरिएको थियो ।
यसैगरी विगत २४ घण्टामा २ सय ८३ जना संक्रमित निको भएका छन् । त्यस्तै संक्रमणबाट विगत २४ घण्टामा २ जनाको निधन भएको छ । आज पुष्टि भएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र १ सय १३ जना छन् । जसमा काठमाडौंमा ७७ जना, ललितपुरमा २८ जना र भक्तपुरमा ८ जनामा संक्रमण पुष्टि भएको छ । हाल देशभर गरी ४ हजार ९ सय ६ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्