ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘ज्येष्ठ नागरिक अनुभव र ज्ञानका खानी हुन्’


एबीसी / संवाददाता

काठमाडौं । नेपाल सरकारले आज विभिन्न कार्यक्रम गरी प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाएको छ । मन्त्रिपरिषद्ले निर्णय गरेअनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज ‘सभ्य नागरिकको पहिचान स् ज्येष्ठ नागरिकको सम्मान’ भन्ने नाराका साथ दिवस मनाएको हो ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा विभिन्न मन्त्री, सङ्घसंस्थाका प्रतिनिधि, ज्येष्ठ नगारिकलगायतको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रमका वक्ताले ज्येष्ठ नागरिक अनुभव र ज्ञानका खानी भएको भन्दै उहाँहरूको सामाजिक सुरक्षा, स्वाथ्य हेरचाह र सम्मानमा राज्य, विभिन्न सङ्घसंस्थाका साथै प्रत्येक घरपरिवारले पनि आफ्नो दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाणले ज्येष्ठ नागरिकको सम्मान, सामाजिक सुरक्षा, हेरचाह राज्यको दायित्व भएको र त्यो दायित्व पूरा गर्न सरकार प्रतिबद्ध रहेको अवगत गराउनुभयो । साथै उहाँले सभ्य समाज निर्माणका लागि ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा, सम्मान र हेरचाह अपरिहार्य रहेकामा जोड दिँदै यसमा सबै निकाय र घरपरिवारको पनि उत्तिकै जिम्मेदवारी रहेको बताउनुभयो । मन्त्री खाणले आधुनिक, सभ्य र समृद्ध समाज निर्माणका लागि ज्येष्ठ नागरिकको अनुभव, शिक्षा र ज्ञानको आवश्यकता औँल्याउनुभयो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले संविधानअनुसार समाजिक सुरक्षाको हक र ज्येष्ठ नागरिकको हक कार्यान्वयन गर्नु समाजवादको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै सरकारले जनताका मौलिक हक कार्यान्वयनका लागि विभिन्न कल्याणकारी कार्य अघि बढाएको बताउनुभयो । उहाँले ९० वर्ष उमेर पुगेका र थला परेका ज्येष्ठ नागरिकलाईसामाजिक सुरक्षा भत्ता घरमै गएर उपलब्ध गराउन सरकारले आवश्यक व्यवस्था मिलाएको जानकारी गराउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले केन्द्रीय सरकारसँगै प्रदेश र स्थानीय सरकारले पनि ज्येष्ठ नागरिकका लागि जमघट हुने, छलफल गर्ने र भजनकिर्तन गर्ने विभिन्न केन्द्र तथा पार्कको निर्माण गरिरहेको बताउँदै सरकारले ज्येष्ठ नागरिक उपचारका लागि छुट्टै अस्पताल बनाउने बारेमा छलफल गरिरहेको जानकारी गराउनुभयो । उहाँले ज्येष्ठ नागरिकलाई बृदाश्रम राखेर समस्या समाधान नहुने बताउँदै उहाँहरुलाई माया, स्नेह र सम्मान आवश्यक पर्ने भएकाले यसमा सरकारसँगै सबै घर परिवारले पनि आफ्नो दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । महिला मन्त्री उमा रेग्मीले ज्येष्ठ नागरिकको सम्मान र उचित हेरचाह बिना सुसस्कृत सभ्य समाजको निर्माण हुन नसक्ने बताउँदै सरकारले कानूनअनुसार ज्येष्ठ नागरिकलाई प्राप्त सेवा सुविधा कार्यान्वयनमा पहलकदमी लिएको उल्लेख गर्नुभयो । उहाँले काठमाडौँको गोठाटारमा ५० बेडसहितको ज्येष्ठ नागरिक अस्पताल र १७० जना क्षमताको बृदाश्रम बनाउने कार्यको थालनी यही आर्थिक वर्षबाट आरम्भ भएको समेत जानकारी गराउनुभयो । मन्त्रालयका सचिव यमकुमारी खतिवडा, शताब्दी पुरुष डा सत्यमोहन जोशी, ज्येष्ठ नागरिक राष्ट्रिय महासङ्घका अध्यक्ष छत्र प्रधानलगायतले ज्येष्ठ नागरिकले राज्य र समाजका लागि गरेको योगदानको कदर गर्दै ज्येष्ठ नागरिकको हेरचाह, स्वास्थ्य उपचार र सम्मानमा सबैको योगदान आवश्यक रहेकामा जोड दिनुभयो ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पठाउनुभएको शुभकामना सन्देश सचिव खतिवडाले बाचन गरेर सुनाउनुभएको थियो । यसैगरी प्रधानमन्त्री देउवाले डा जोशीलाई माला र खादालगाई सम्मान गर्नुभएको थियो भने अन्य ज्येष्ठ नागरिकलाई मन्त्री रेग्मीले सम्मान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com