ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किन जाने गाजा दह ?


एबीसी / संवाददाता

बागलुङ । तपाईं घुमघामका लागि बागलुङ रोज्दै हुनुहुन्छ रु त्यसो हो भने गाजा दहलाई पनि गन्तव्यमा समेट्नुहोला । प्रकृतिको भव्यतामा रमाउने जो कोहीका लागि यो एक अनुपम थलो हो । पर्यटकीय गन्तव्यस्थलमा सूचीकृत गाजा दह जैमिनी नगरपालिका–३ दमेकमा पर्छ ।

यो सदरमुकामदेखि नजिकै छ । गाजाको सौन्दर्य दहमा मात्र सीमित छैन । पर्यावरण र संस्कृति पनि त्यहाँका चिनारी हुन् । हरेक ऋतुकालमा भिन्न विशेषतामा खुल्छ, गाजा दह । कहिले हिउँ फूल्छ गाजामा, कहिले लालीगुराँस ।

प्रकृतिले दिएका देनमध्यको एउटा हो, गाजा दह । दुई हजार ४८० मिटर उचाइमा रहेको गाजाले सजिलै पर्यटकलाई लोभ्याउँछ । एकपटक घुमेर धित मर्दैन । त्यहाँ पुग्न बागलुङ बजारदेखि मोटरमा २४ किमी, पैदल चार÷पाँच घण्टाको यात्रा तय गरे पुग्छ । पदयात्रा रोजे गाजासम्मको घुमफिर अझ रोमाञ्चक लाग्छ । गाउँ, पाखा र वन चहार्दै गाजा पुग्न सकिन्छ । बाटोमा हिमाल हेर्दै हिँड्नुको मज्जै बेग्लै । सिगानाको बौँडेचौर, रेशको चापखर्कलगायत आसपासका लोभलाग्दा ठाउँ पनि यही बाटोमा पर्छन् ।

ग्रामीण जनजीवन नियाल्दै पदयात्रा गाजातिर सोझिन्छ । गाजा पुग्दा नपुग्दै प्रकृति घडा लिएर मानिसको स्वागतमा उभिए झैँ लाग्छ । वनको माझ दह, माथिपट्टि गाउँ । दहछेउ देखिने सेताम्मे हिमाल । बाह्रैमास चल्ने चिसो सिरेठो ।उस्तै गाउँको रहनसहन, खेती प्रणाली र सांस्कृतिक वैभव । स्थानीय छविलाल पुनका अनुसार गाजा दहलाई पहिलेपहिले रुद्रताल पनि भनिन्थ्यो । सो दहको पुरानो स्वरुप खल्बलिएको छैन । सौन्दर्य बिगँ्रन नदिन संरक्षण गरिएको छ ।

हिउँदका घमाइला दिनमा दहमा छचल्किने हिमालका दृश्य कैद गर्न आगन्तुक लालयित हुन्छन् । त्यहाँबाट धवलागिरि, माछापुच्छ«े, अन्नपूर्णलगायतका हिमशृङ्खलाको दृश्यापान गर्न सकिन्छ । दह परिसरमा बराह थान छ । गाउँलेको धार्मिक आस्था त्यसमा गाँसिएको छ । “वर्षेनी वैकुण्ठ चर्तुदशीमा यहाँ ठूलो मेला लाग्छ, यो परम्परादेखि नै चल्दै आएको हो”, ६६ वर्षीय पुनले भन्नुभयो, “गाजाको पहिचान प्रकृति र संस्कृतिसँग जोडिएको छ ।” खेती किसानी गरेर जीविका चलाउँछन्, गाजावासी । त्यहाँको मुख्य बाली आलु र भाँगो हो । पर्यटन गतिविधि हुन थालेपछि गाउँलेमा व्यावसायिक चेत पसेको छ । व्यवसायी मिलेर पर्यटकलक्षित ‘सिद्धबराह सामुदायिक होमस्टे’ खोलेका छन् । घरबासमा आउने पाहुनालाई उनीहरु स्थानीय परिकार चखाउँछन् । लेकाली परिवेशमा खानपान र बासको मेसो मिलाउँछन् । मौलिक संस्कृति पस्कन्छन् । “अहिले तीन घरमा मात्र होमस्टे सेवा छ, दैनिक २० जना जति पाहुना हामी राख्न सक्छौँ”, सञ्चालक प्रेम छन्त्यालले भन्नुभयो ।

पाहुना बढी हुँदा छरछिमेकमा व्यवस्था गर्ने गरिएको उहाँको भनाइ छ । कोदो, मकै, भट्टमास, आलु, गुन्द्रुकलगायत स्थानीय परिकार घरबासका भान्छामा पाक्छन् । मासुमा गाउँकै रैथाने कुखुरा प्रयोग हुन्छ । “पाहुनाको रोजाइअनुसार नै परिकार तयार पार्छौं, मूल्य पनि चल्तीअनुसारको छ, धेरै महँगो छैन”, सञ्चालक छन्त्यालले भन्नुभयो । सडकको पहुँच, प्रचारप्रसार, घरबासलगायत सुविधा पाइन थालेपछि पछिल्लो समय गाजा दहमा पर्यटकीय आकर्षण बढेको छ । घुम्ने याममा आन्तरिक पर्यटक बाक्लै पुग्ने गरेका छन् । विद्यालय र विभिन्न सङ्घसंस्थाले अवलोकन भ्रमणका लागि गाजा दह रोज्छन् । विदेशी पर्यटक भने अझै त्यहाँ भित्रन सकेका छैनन् ।

गाजा दह संरक्षण समितिका अध्यक्ष गोपाल छन्त्यालले पूर्वाधार विकास गर्नसके गाजामा उल्लेख्य पर्यटक भित्र्याउन सकिने बताउनुभयो । “सोचेजसरी काम हुन सकेको छैन, बजेट, स्रोतसाधनको कमी छ”, उहाँले भन्नुभयो, “राज्यका निकायले लगानी बढाए हामी यहाँको विकासमा खटिन तयार छौँ ।”चार वर्षअघि पर्यटन कार्यालय पोखराको सहयोगमा दह वरिपरि तारजाली र पर्खाल लगाउने काम भएको थियो । त्यसयता पूर्वाधारमा खास काम भएको छैन । घरबास कार्यक्रमका लागि प्रदेश सरकारबाट आएको रु १० लाख बजेटबाट सांस्कृतिक भवन बनाइएको छ । नगरपालिकाबाट आएको रु एक लाख पनि त्यहीँको फर्निचरमा खर्च भएको जनाइएको छ । देशी विदेशी पर्यटक तान्न स्तरीय सडक, पदमार्ग र सुविधायुक्त होटलको खाँचो रहेको अध्यक्ष छन्त्यालले बताउनुभयो । समितिले दहदेखि माथि गाजाको धुरीसम्म पुग्ने पदमार्ग निर्माणको योजना अघि सारे पनि बजेट नहुँदा कामले गति लिन सकेको छैन । गाजाको धुरी दहभन्दा तीन सय २० मिटर माथि पर्छ ।

प्राकृतिक ‘भ्यू टावर’का रुपमा त्यसलाई चिनिन्छ । घना जङ्गलले घरेको त्यस क्षेत्र जडीबुटीका लागिसमेत प्रख्यात छ । दुर्लभ वन्यजन्तु र पन्छीको बासस्थान छ, त्यहाँ । गाजा क्षेत्रको समग्र विकासका लागि गुरुयोजना बनाइए पनि त्यो कार्यान्वयनमा आएको छैन । गुरुयोजनामा ‘भ्यू टावर’, पदमार्ग, सामुदायिक लज जस्ता पूर्वाधार बनाउने उल्लेख छ । प्रकृतिले सजिएको गाजा जैमिनी, बागलुङ, गलकोट नगरपालिका र बरेङ गाउँपालिकाको सङ्गमस्थल हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com