काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउनुभएको छ ।
संघीय संसदमा देखिएको गतिरोध अन्त्यका लागि छलफल गर्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक आह्वान गर्नुभएको उहाँका सहयोगी भानु देउवाले जानकारी दिनुभयो । बैठक आइतबार ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई बोलाइएको उहाँको भनाइ छ ।
प्रधानमन्त्री देउवाले यसअघि संसदमा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा सत्तारुढ दल नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुसँग छलफल गर्नुभएको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०ले लामो समयदेखि संसद् अवरुद्ध गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्